कक्षा १२ को परिक्षाफल प्रकाशित, नन ग्रेडिङमा परेका बिद्यार्थीले उच्च शिक्षामा भर्ना हुन नपाउने

कक्षा १२ को परिक्षाफल प्रकाशित, नन ग्रेडिङमा परेका बिद्यार्थीले उच्च शिक्षामा भर्ना हुन नपाउने

  • शुक्रबार, भदौ १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

१७ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्ड शुक्रबार प्रकाशित गरेको हो ।

यस वर्ष १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । उनीहरुले उच्च शिक्षामा भर्ना हुन पाउने छैनन् ।

बोर्डका अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने परीक्षार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले नियमिततर्फ ३ लाख ६३ हजार ८, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिक ३ हजार १३२ परीक्षार्थी सहभागी रहेको बताए।
४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको बोर्डले जनाएको छ। ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई ग्रेडवृद्धि परीक्षाको अवसर दिइने छ। ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने छ।
यसरी हेर्न सकिन्छ परीक्षाको नतिजा

कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सम्बोल नम्बर थिच्नुहोस् वा एसएमएस बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस् । https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी