केन्यासँग चौथो खेलमा नेपाल पराजीत, सिरीजको निर्णायक खेल भोली

केन्यासँग चौथो खेलमा नेपाल पराजीत, सिरीजको निर्णायक खेल भोली

  • सोमवार, भदौ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

भदौ १३ काठमाण्डौँ । नेपाल केन्याविरुद्धको चौंथो टी ट्वान्टी अन्तर्राष्‍ट्रियमा पराजित भएको छ । आज भएको खेलमा नेपालको ब्याटीगं कमजोर रहँदा सात रनले पराजीत हुन बाध्य भयो ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १०२ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । त्यस्तै आदील अन्सारीले ८ रन जोड्दा दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल र अर्जुन साउद समान ६ रनमा आउट भए । केन्याका रकिप पटेलले तीन विकेट लिए । भिराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोले दुईरदुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो । केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए । यस्तै कोलिन्स अबुयाले २० रन बनाए । कप्तान शेम एन्गोचेले १३ रनको योगदान गरे । नेपालका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए । उनले ४ ओभरमा मात्र ९ रन खर्चिए । आदील अन्सारीले दुई तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले एकरएक विकेट लिए ।

यो जितसँगै केन्याले नेपालविरुद्धको सिरिज २-२ को बराबरी गरेको छ । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-ट्वान्टी मंगलबार हुनेछ । टी ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ