प्रेसिडेन्सी कलेजले पायो उत्कृष्ट बिजनेश स्कुलको उपाधि 

प्रेसिडेन्सी कलेजले पायो उत्कृष्ट बिजनेश स्कुलको उपाधि 

  • सोमवार, भदौ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

चितवन, १३ भदाै । चितवनको प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले बागमती प्रदेशस्तरीयको उत्कृष्ट बिजनेश स्कुलको उपाधि पाएको छ।

न्यू बिजनेश एज प्रालिद्वारा काठमाडौंमा आयोजित “छैटौं न्यू बिज बी-स्कूल, मूल्याङ्कन, र्‍याङकिङ अवार्ड-२०२२’ कार्यक्रममा प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले उत्कृष्ट बिजनेश स्कुलको उपाधि हासिल गरेको हो।

उक्त कार्यक्रममा दुई हजारभन्दा बढी कलेजहरूको सहभागी भएका थिए। उक्त कलेजहरूलाई पछाडि पार्दै उत्कृष्ट बिजनेश स्कुलको स्थान हासिल गर्न सफल भएको कलेजका प्राचार्या शभ्भु क्षेत्रीले जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साईन्सेजले विगत १९ वर्षदेखि कक्षा ११ र १२, बि.बि.ए.र एम.बि.ए.को अध्यापन गराउँदै आएको छ। कलेजले बंगलादेश, श्रीलंका, ताइवानका कलेज तथा विश्वविद्यालयसँग एमओयुमा हस्ताक्षर पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी