एजेन्सी भदौ १३ । भारतले पाकिस्तान बिरुद्ध एशिया कप क्रिकेटमा संघर्षपूर्ण जित निकालेको छ । यो सँगै दश महिनापछि भारतले विश्वकपमा खेपेको पराजयको बदला लिएको छ ।
दुवईमा भएको खेलमा पाकिस्तानले दिएको १४८ रनको लक्ष्य पछ्याएको भारतलाई पहिलो ओभरमै पाकिस्तानका युवा बलर नाशिम शाहले विकेट लिएर चूनौती दिएका थिए । तर त्यसपछि अन्य बलरले बेलैमा विकेट लिन सकेनन् । जसका कारण भारतले २ बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
भारतका लागि बिराट कोहली र रविन्द्र जडेजाले समान ३५ रन बनाएका थिए भने हार्दिक पाण्डेले ३३ रन र सूर्य कुमार यादवले १८ रन बनाएका थिए ।
पाकिस्तानका लागि मोहम्मद नवाजले ३ र नसिम शाहले दुई विकेट लिएका थिए ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४३ रनको योगदान दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline