केन्या बिरुद्ध टी ट्वेन्टी सिरिजको तेस्रो खेल जित्यो

केन्या बिरुद्ध टी ट्वेन्टी सिरिजको तेस्रो खेल जित्यो

  • आइतवार, भदौ १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

भदौ १२ काठमाण्डौँ । नेपालले केन्या बिरुद्धको टि ट्वेन्टी सिरिजको तेस्रो खेल जितेको छ । तीन खेल मध्य दुईमा जीत हात पार्दै नेपालले सिरिजमा अग्रता बनाएको हो ।
आज नैरोवीमा भएको तेस्रो खेलमा नेपालले केन्याले दिएको १५७ रनको लक्ष्य ६ विकेटको क्षतिमा २० औँ ओभरमा पूरा गर्यो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६ , अर्जुन साउद ३५, रोहित पौडेल २९, पवन सर्राफ २० र आदिल आलमले १६ रनको योगदान दिए ।

उता केन्याका राकिप पटेलले सर्वाधिक ७३ रन बनाएका थिए ।

नेपालका लागि सोमपाल कामी र मोहम्मद आदिल आलमले एक एक विकेट लिनु बाहेक अन्य बलरले विकेट लिन सकेनन् ।

नेपालले अब सोमबार चौथो खेल खेल्नेछ । नेपाल नवनियुक्त भारतीय प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षणमा केन्यामा खेलिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ