अनिल श्रेष्ठ राष्ट्रिय फुटबल टोलीको म्यानेजर

अनिल श्रेष्ठ राष्ट्रिय फुटबल टोलीको म्यानेजर

  • आइतवार, भदौ १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं, १२ भदौ । अखिल नेपाल फुटबल (एन्फा) ले बंगलादेशविरुद्धको खेलका लागि अनिल श्रेष्ठलाई व्यवस्थापकको जिम्मेवारी दिएको छ । । श्रेष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका व्यवस्थापक हुन् ।

बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि श्रेष्ठलाई टिम व्यवस्थापकको जिम्मेवारी दिइएको हो । एन्फा महासचिव किरण राईले श्रेष्ठलाई नियुक्ति पत्र दिए । 

यसअघि मधुसुदन उपाध्यायले चार वर्षसम्म नेपाली राष्ट्रिय टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए । तर, ६ असारमा भएको निर्वाचनबाट एन्फामा नयाँ कार्यसमिति चयन भएसँगै उनी जिम्मेवारीमुक्त भए ।

नेपालले ११ असोजमा दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले यसअघि कार्यवाहक प्रशिक्षकको रुपमा प्रदीप हुमागाँईलाई नियुक्त गरेको छ । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी विदामा रहेका कारण एन्फाले कार्यवाहक प्रशिक्षकको जिम्मेवारी हुमागाइँलाई दिएको हो । अल्मुताइरीसँग विवादका कारण टिमबाहिर रहेका १० खेलाडीलाई पनि हुमागाँईले राष्ट्रिय टिममा समेटेका छन् ।

टिमको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ