केन्यासँग नेपाल १८ रनले पराजीत

केन्यासँग नेपाल १८ रनले पराजीत

  • शुक्रबार, भदौ १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

भदौ १० काठमाण्डौँ । घरेलु टोली केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्धको दोस्रो टी–ट्वान्टी खेलमा जित निकालेको छ । आज नेपाल केन्यासँग १८ रनले स्तव्ध भयो ।

यो जितसँगै केन्याले सिरिजमा १–१ को बराबरी गरेको छ ।

नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १३३ लनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सम्पुर्ण विकेट घुमाउँदै मात्र ११४ रन बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । आदील अन्सारी र रोहित पौडेलले २०र२० रनको योगदान गरे । त्यस्तै पवन सर्राफ १९ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ८ जोडे । केन्याका इमानुएल बुन्डी, लुकास औचा र भिराज पटेलले २र२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनायो । केन्याका लागि राकेप पटेल ३५ रनको योगदान गरे । त्यस्तै नेहिमा ओडिम्बोले २९ रन बनाउँदा इर्फान करिम २२ रन बनाए । बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान तीन–तीन विकेट लिए । त्यस्तै करण केसीले दुई विकेट लिँदा पवन सरार्फले एक विकेट लिए ।

पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।

टी–ट्वान्टी सिरिजको तेस्रो खेल भदौ १२ गते हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ