भदौ ९ काठमाण्डौँ । उर्जा निर्यात शुरु गरेको नेपालले छोटो अवधिमै बंगलादेशलाई समेत बिजुली बेच्न सक्ने सामथ्र्य देखाएको छ । तर यसका लागि चूनौती भारत छ । नेपाल तीन तिरबाट भारतले घेरिएको छ । बंगलादेश र नेपालको दुरी छोटो नै भए पनि भारतीय भूमिको प्रयोग अनिवार्य छ । यतिखेर बंगलादेशमा चरम उर्जा संकट बनिरहेका बेला नेपाल बंगलादेशलाई बिजुली बेच्न आतुर छ ।
तर भारतले अहिले सम्म नेपाल बंगलादेश व्यापारका लागि अनुमति दिईसकेको छैन ।
नेपाल र बंगलादेश ५० मेगावाटसम्मको बिजुली व्यापार गर्न सहमत भएका छन् । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति ९जेएससी०को बिहीबारको बैठकमा बंगलादेश र नेपालले भारत सरकारको नोडल एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगम ९एनभीभीएन०सँग यससम्बन्धी समझदारीका लागि आग्रह गर्ने सहमति भएको छ ।
भारतले अनुमति दिई हालेमा नेपालले तत्कालै बिजुली बेच्न थाल्नेछ । पहिलो चरणमा सीमामा प्रशारण लाईनको क्षमता अभावका कारण नेपालले ५० मेगावाट मात्र बिद्युत दिन सक्नेछ ।
त्यसैगरी सुनकोशी(३ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन बंगलादेशलाई दिने सहमति भएको छ । विद्युत् विकास विभागले तयार गरेको प्रतिवेदन अध्ययन गरेर लगानी मोडालिटी तय गर्न बंगलादेश सरकार सहमत भएको छ ।
‘६ महिनापछि बस्ने ऊर्जा सचिवस्तरीय बैठकमा लगानी मोडालिटीमा सहमति गर्ने गरी काम अघि बढाउनेबारे पनि समझदारी भएको छ,’ ती अधिकारले भने,’यो सहमतिले अब बंगलादेश पनि नेपालमा जलविद्युत् आयोजनामा लगानी गर्न आउने बाटो खुलेको छ ।’
नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर सुनकोसी–३ अगाडि बढाउन बंगलादशे तयार भएको छ ।
बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी र बंगलादेशका तर्फबाट विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानले नेतृत्व गरको थिए ।