आर्यनको फिल्म ‘सायरा’मा बलिउड निर्देशक विशाल देसाईको निर्देशन

आर्यनको फिल्म ‘सायरा’मा बलिउड निर्देशक विशाल देसाईको निर्देशन

  • शनिबार, भदौ ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, ४ भदौ । अभिनेता आर्यन सिग्देल अनुबन्धित फिल्म ‘सायरा’लाई बलिउडका निर्देशक विशाल देसाईले निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच शुक्रबारे सम्झौता भएको हो ।

सम्झौता मुम्बईमा भएको हो । निर्माण कम्पनी डि।बि।आर। मिडिया एण्ड मुभिज प्रालिको तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दसैँताका फिल्म छायांकन सुरु हुने बताए ।

‘हाम्रो फिल्म गर्न उहाँ तयार हुनुभयो । बलिउडको उहाँको अनुभवले नेपाली फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास छ । उहाँले हामीलाई गर्नु भएको ट्रष्टले निकै खुसी मिलेको छ,’ मुम्बईमा रहेका निर्माता रघुले भने । निर्देशक देसाईले पनि नेपाली फिल्म गर्न पाउँदा उत्साहित भएको बताए । ‘नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ । साँस्कृतिक दृष्टिकोणले पनि हामी नजिक छौँ । नेपाली फिल्मको अफर आएकोले यसपटक गर्न रेडी भएको हुँ,’ निर्देशक देसाईले भने । उनी अहिलेसम्म नेपाल नआए पनि नेपाली जीवनसैैलीसँग परिचित रहेको प्रतिक्रिया दिए ।

निर्देशक देसाईले ‘वीरगति’ र ‘ढोलकी’ नामक फिल्म निर्देशन गरिसकेका छन् । उनले ‘कामिनी दामिनी’ नामका टिभी सिरियल समेत निर्देशन गरे । उनले धेरै फिल्ममा अभिनय समेत गरेका छन् । उनले अमर प्रेममार्फत अभिनय यात्रा सन् १९७२ मा सुरु गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ