काठमाडौं, १७ साउन ।
समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरीमा रोकिएसँगै साफ यु २० च्याम्पियनसिपको फाइनलमा पुग्न नसकि नेपाल बाहिरिएको छ ।
अन्तिम खेलमा भारतले माल्दिभ्सलाई एक शुन्य गोल अन्तरले पराजीतगरेसँगै नेपाल गोल अन्तरका आधारमा फाईनल पुग्न सकेन ।
नेपालले भारतसँग आठ शुन्यको लज्जास्पद हार व्यहोर्नु नै प्रतियोगीताका लागि दुर्भाग्य बन्यो ।
अब फाईनलमा अपराजीत बंगलादेश र भारत भिड्ने छन् ।
मंगलबार बंगलादेशका लागि अहमद नोभाले खेलको ६४औं मिनेटमा अग्रता दिलाए । नेपालका वैकल्पिक खेलाडी निराजन मल्लले खेलको ६८औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline