साउन १७ काठमाण्डौँ । दुई पटकको बिजेता नेपाली अण्डर २० फुटवल टोली भारतसँग लज्जास्पद पराजयपछि लयमा फर्किपनि बंगलादेशलाई पाखा लगाउन नसक्दा फाईनल पुग्न कठिन भएको छ ।
भारतको भुवनेश्वरमा आज भएको लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश एक एक गोलको बराबरी खेल्दै अंक बाँडे । यो सँगै बंगलादेश फाईनल प्रवेश गरेको छ भने नेपालको आशा कमजोर बनेको छ ।
अब नेपालले फाईनल पुग्न भारतलाई माल्दिभ्सले पराजीत गरेमा मात्रै संभव हुनेछ । यस पटक समुह चरणमा खराब प्रदर्शन गरिरहेको माल्दिभ्सले भारतलाई पराजीत गर्ने संभावना न्युन देखिन्छ ।
आजको खेलमा निकै तनाव र हात हालाहालको समेत स्थिति भएपछि रेफ्रीले दुबै टिमका एक एक खेलाडीलाई रेडकार्ड दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline