अस्ट्रेलियामा नेपालीलाई आईटीमा अवसरै अवसर !

अस्ट्रेलियामा नेपालीलाई आईटीमा अवसरै अवसर !

  • सोमवार, साउन १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, १६ साउन ।

कोरोना महामारीपछि अष्ट्रेलियामा आईटीको क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ। विशेष गरेर सफ्टवेयर डेभलोपमेन्ट, ईकमर्स, वेब डेभेपोपमेन्ट, नेटवर्किंङ जस्ता क्षेत्रमा नेपालीहरूले करिअर र जागिरको अवसर राम्रै पाउन थालेका छन्।

अस्ट्रेलियाको नागरिक तथा स्थायी बासिन्दा भएकाले मात्र होईन विद्यार्थीका रूपम पढिरहेकाहरूले पनि राम्रो भूमिका र तलब पाउन थालेका हुन्। यतिखेर सफ्टवेयर डेभेलोपर तथा प्रोग्रामरको रुपमा काम गरेर वार्षिक एक लाख डलरभन्दा बढी कमाउने नेपालीको संख्या अस्ट्रेलियामा उल्लेख्य छ। नेटवर्किङको क्षेत्रमा पनि ‘हेल्प डेस्कर सपोर्ट’मा काम पाउने विद्यार्थीहरू धेरै हुन थालेका छन्।

अस्ट्रेलियामा सफ्टवेयर डेभलोपमेन्टको तालिम दिने संस्था ‘डेन्टेड कोड’ मार्फत भारतीय, फिलिपिन्स, मोरक्को, इन्डोनेसिया साथै नेपालका विद्यार्थीहरूलाई दक्ष जनशक्तिका रूपमा अस्ट्रेलियाको आईटी उद्योगमा करिअर बनाउन सहयोग गरिरहेका प्रेम आचार्य आईटीको क्षेत्रमा नेपाली विद्यार्थीहरुले पनि राम्रा अवसररू पाउन सक्ने बताउँछन्। ‘सीप हुनेलाई त अवसर छँदैछ, सीप विकास गर्छु भन्नेले पनि समर्पित भएर लाग्ने हो भने यो क्षेत्रमा राम्रो अवसर छ’, उनले भने । आचार्यको अनुभवमा सबै रोजगारदाता र क्षेत्रमा अनुभवी मात्र खोज्ने भन्ने हुँदैन, बजारमा माग भएका सीप सिक्ने हो भने सीप भएकै आधारमा पनि राम्रा अवसर सजिलै पाउन सकिन्छ।

आईटीमा करिअर बनाउन सहयोग गर्न जुटे नेपाली

अस्ट्रेलियामा पढ्न आउने नेपाली विद्यार्थीलाई कालो पाइन्ट र जुत्ता लिएर आउनु रेस्टुरेन्टमा ‘किचन’मा अनि ‘क्लिनिङ’को क्षेत्रमा काम गर्दा काम लाग्छ भन्ने सुझाव दिने परिपाटी बदल्न सिड्नीका युवाहरू लागिरहेका छन्। उनीहरूले अस्ट्रेलियाको आईटीमा उपलब्ध अवसरहरू सम्म नेपाली विद्यार्थीलाई पुर्याउने र त्यस्ता अवसरबाट लाभ उठाउन सहयोग गर्नको लागि ‘आईटी हब’ समेत सञ्चालन गरेका छन्।

अस्ट्रेलियामा सफ्टवेयरको क्षेत्रमा काम गर्ने मात्र होइन, नयाँ विद्यार्थी तथा यो क्षेत्रमा जागिर करिअर खोज्नेहरूलाई सहयोग गर्न ‘आईटी हब’ले करिअर सेमिनार र मिटअप गरिरहेको छ। आईटी हबका संयोजक मदनमणि अधिकारी भन्छन्, ‘हामीले अस्ट्रेलियाको सफ्टवेयर र आईटी उद्योगको मागअनुसारको सीप भएका नेपालीहरूलाई सीपअनुसारको जागिर पाउन सहयोग गर्न खोजेका हौं।’

धेरै नेपाली विद्यार्थीहरू अष्ट्रेलियामा नेपाल वा अस्ट्रेलियामा पढेर हासिल गरेको डिग्रीअनुसारको काम नपाएर श्रमिक तहको काम गर्नुपर्ने अवस्थामा छन् भन्ने गरिन्छ। अधिकारी भन्छन्, ‘त्यसखालको हल्ला धेरै भए पनि अवस्था परिवर्तन भईरहेको छ, अहिले धेरै विद्यार्थीहरूले प्रोग्रामिङ र सफ्टवेयरको क्षेत्रमा राम्रो उपलब्धि हासिल गरिरहेका छन्, सफ्टवेयर इन्जिनियरका रूपमा काम गरेर छोटो र छिटो प्रगति गरेका, जागिरको कारण नै अस्ट्रेलियामा पीआर पाएका धेरैजना मैले नै भेटेको छु। ठूला कम्पनीहरूको आईटी विभाग नै नेपालीले सम्हालेको उदाहरण धेरै छ।’

विश्वभर जसरी भारतीयहरू आईटीको क्षेत्रमा नेतृत्व दिने स्थितिमा छन्। नेपालीहरूले पनि सीप विकास गर्ने हो भने त्यो अवस्था नेपाली समाजको पनि हुनसक्छ भनेर सिड्नीमा नियमित ‘करिअर हब’ले ‘करिअर कार्यशाला’का रूपमा ‘मिटअप’ आयोजना गर्दै आएको छ,’ उनी भन्छन्।

अस्ट्रेलियालाई ४२ हजार नयाँ सफ्टवेयर प्रोग्रामर चाहिने

भविष्यमा अस्ट्रेलियामा सफ्टवेयर प्रोग्रामरको माग धेरै हुने यहाँको स्किल कमिसनले जनाएको छ। स्किल कमिसनका अनुसार आगामी चार वर्षमा अस्ट्रेलियालाई ४२ हजारभन्दा बढी सफ्टवेयर प्रोग्रामरको आवश्यकता पर्नेछ। अस्ट्रेलियालाई सन् २०२६ सम्ममा थप १२ लाख कामदारको आवश्यकता पर्ने बताइएको छ। स्किल कमिसनले अस्ट्रेलियाको रोजगारी, पेसा तथा विभिन्न उद्योगहरूको कामदार र सीप आवश्यकताको अध्ययन गरेर वर्तमान र भविष्यका सीप आवश्यकतासम्बन्धी सुझाव दिने गर्दछ।

२०२१ नोभेम्बरमा अस्ट्रेलियामा एक लाख ५६ हजार दुई सय सफ्टवेयर इन्जिनियर तथा डेभलोपर प्रोग्रामर थिए । २०२६ नोभेम्बरमा त्यो संख्या एक लाख ९८ हजार चार सय हुने अनुमान छ। सफ्टवेयर इन्जिनियर तथा डेभेलोपर प्रोग्रामरका लागि रोजगारीको अवसरमा २७ प्रतिशले वृद्धि हुने देखिन्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी