साउन १६ काठमाण्डौँ । भारतमा जारी साफ अण्डर २० च्याम्पियनसिप फुटवलमा नेपाली टोलीले लज्जास्पद हार व्यहोरेको छ । भुवनेश्वरमा भएको खेलमा नेपाल आयोजक भारतसँग ८ ० गोल अन्तरले पराजीत बनेको हो ।
अघिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले भारतसँग बलियो रणनीति बनाएर खेल्न नसक्दा हार व्यहोर्न पुग्यो ।
नेपालको डिफेन्स, मिडफिल्ड र स्ट्राईक सबै पक्ष कमजोर देखिएको थियो ।
नेपालले अब लिग चरणको अन्तिम खेलमा बंगलादेश बिरुद्ध खेल्नेछ ।
नेपालले फाईनल पुग्न बंगलादेशलाई हराएर मात्रै पुग्दैन भारी गोल अन्तर पनि बढाउनु पर्ने हुन्छ । साथै भारतलाई माल्दिभ्सले कम्तीमा बराबरीमा रोक्नु पर्नेहुन्छ । त्यो अवस्थामा मात्रै नेपाल फाईनल पुग्नेछ । ्
बंगलादेशले शुरुमै भारतलाई पराजीत गरेकाले बंगलादेश लगातार तीन खेलमा जीत सहित फाईनलको नजिक छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline