साउन १५ काठमाण्डौँ । भारतको भुवनेश्वरमा जारी साफ अण्डर २० च्याम्पियनसिप फुटवल प्रतियोगीतामा आज नेपालले आयोजक भारत बिरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ सवा सात बजेपछि हुनेछ ।
यस अघिका दुबै खेलमा उत्कृष्ट प्रदर्शन सहित जित निकालेको नेपाली टिमले आयोजक भारत बिरुद्ध पनि शसक्त प्रदर्शन सहितको जीतको रणनीति तयार गरेको छ ।
नेपाली युवा पक्तिमा गोल गर्न सक्ने , रक्षा गर्न सक्ने र बल नियन्त्रण सबै क्षेत्रमा उत्कृष्ट क्षमता देखिएको छ ।
उपाधी दावेदार भारतको पनि टिम बलियो रहेकाले नेपालले त्यही रणनीति अनुसार खेल्नेछ ।
यस अघि नेपालले माल्दिभ्स र श्रीलंकालाई फराकीलो अन्तरले पराजीत गरेको थियो । भारत पहिलो खेलमै बंगलादेशसँग पराजीत भएर दबाबमा छ ।
उसले श्रीलकामाथि जिते पनि आज नेपाललाई हराउन नसके फाईनल पुग्ने संभावना कम रहन्छ ।
बंगलादेशले लगातार तीन खेल जितेर सेमिफाईनल नजिक पुगिसकेको छ भने नेपालले आज भारतलाई पराजीत गर्न सके फाईनल पक्का हुनेछ ।