बारपाक सुलिकोट गाँउपालिकाको पाँच करोडमा बनेको भवन नसर्दै चुहिन थाल्यो

बारपाक सुलिकोट गाँउपालिकाको पाँच करोडमा बनेको भवन नसर्दै चुहिन थाल्यो

  • शुक्रबार, साउन १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

गोरखा, १३ साउन ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएर नसर्दै भत्किन थालेको छ । निर्माण सम्पन्न भएको भन्दै पालिकाले लाखौँ रुपैयाँ खर्च गरेर तामझामका साथ उद्घाटन गरे पनि नसर्दै भवन भत्किन थालेको हो ।

गत १२ चैतमा निर्माण सम्पन्न भएको भन्दै गाउँपालिकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिको रूपमा बोलाएर तामझामका साथ भवन उद्घाटन गरेको थियो । गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र बारपाक सुलिकोट गाउँपालिकाको साझेदारीमा पाँच करोड १० लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो । पालिकाले करोडौं रुपैँया लागतमा निर्माण गरेको भवनमा सरेर कार्य सम्पादन सुरु गरिसकेको छैन् ।

तर, पालिकाको भवनको दोस्रो तल्लामा चर्किएर पानी छिर्न थालेको छ । छिरेको पानीले भवनभित्रको कोठा तालिएको छ । चर्किएको ठाउँबाट अत्याधिक पानी छिर्न थालेपछि गाउँपालिकाले भित्रबाट पलाष्टिक र बाहिरबाट हरियो कपडाले ओत दिएको छ । यस्तै पिल्लर र ढलान पनि चर्किन थालेको छ । भुइँ तला दबिन थालेको छ ।

‘टाढाबाट हेर्दा मात्रै चिटिक्क हो । भित्र पानी बसेर कोठाभित्रै ताल छ । भुइँ तला पनि केही इन्च दबिएको छ । पिल्लर र भित्ताहरु पनि चर्किन सुरु भइसक्यो । कमिसन नखाई, भ्रष्टाचार नगरी, गुणस्तरीय काम गरेको भए बनिसकेको केही महिना नपुग्दै यस्तो हुन्थ्यो र रु’, नाम नबताउने सर्तमा पालिकाका एक प्रतिनिधिले भने ।

प्रशासकीय भवनका लागि करोडौं रुपैयाँ खर्च गरे पनि हालसम्म गाउँपालिकाले भाडाको घरबाट सेवा दिइरहेको छ । करोडौंको लागतमा भवन निर्माण गरे पनि प्रयोग गर्न नपाएपछि गाउँपालिकाको लगानी ‘बालुवामा पानी’ जस्तै भएको छ ।

कर्मचारीहरु ज्यान जोखिममा राखेर जीर्ण भवनमा सरेर सेवा दिन नसकिने बताउँछन् । भवन निर्माणका लागि नवकान्तिपुर कन्स्ट्रक्सन कम्पनी प्रालिले जिम्मा लिएको थियो । प्रचण्ड भवन उद्घाटन गर्न माउन्टेन एयरको हेलिकप्टरबाट गोरखा आएका थिए । प्रचण्ड सँगसँगै माओवादीका नेता नारायणकाजी श्रेष्ठ, सांसद हरिराज अधिकारी, लगायत जिल्लास्तरीय नेताहरु उपस्थित थिए । पालिकाको भवन उद्घाटनमा आए पनि प्रचण्डले स्थानीय निर्वाचन केन्द्रित हुन भन्दै मन्चबाटै कार्यकर्तालाई निर्देशन दिएका थिए । भवन उद्घाटन गर्ने वाहानामा पार्टीका नेताहरुलाई ल्याएर चुनाव लक्षित कार्यक्रम गरेको भन्दै चर्को आलोचना पनि भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी