बञ्चरेडाँडामा भदौ १ देखि सँधैका लागि फोहोर फाल्न नदिने स्थानीयको घोषणा, काठमाण्डौँमा फोहोर थप समस्या बन्ने

बञ्चरेडाँडामा भदौ १ देखि सँधैका लागि फोहोर फाल्न नदिने स्थानीयको घोषणा, काठमाण्डौँमा फोहोर थप समस्या बन्ने

  • बिहिबार, साउन १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

१२ साउन, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा भदौ १ देखि सँधैका लागि फाल्न नदिने स्थानीयले घोषणा गरेका छन् ।
आज पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेको हो ।

महानगरले सम्झौता अनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले बताए ।
समितिले महानगरलाई साउन पाँच गते सम्म विगतमा भएको सहमति कार्यन्वयन गर्न चूनौती दिएको हो ।

बञ्चरेडाँडाका मानिसहरुको जिउधनको रक्षागर्ने, हाम्रो मागहरु पूरा गर्ने ग्यारेन्टी गरे मात्रै १ भदौदेखि फोहोर जान पाउँछ , नत्र पाँउदैन।’ ढुंगानाले भने ।
काठमाण्डौँमा फोहोर नउठ्दा दुर्गन्ध फैलिएर महामारीको जोखिम बढिरहेको छ । महानगरले सम्झौता लागू नगरेको गुनासो स्थानीयवासीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ