चीनले समेत हत्केलाको एउटा औला बताउने सिक्किममा ब्रिटिशहरुले शासन गरेर फिर्ता हुने बेला सम्म त्याहाँ ७५ प्रतिशत नेपालीहरु थिए सन् १९४७ सम्म । तर विस्तारै सिक्किमा राजा चोग्यालले अमेरीकी महिला होपकुकसगँ बिबाह गरे जसलाई त्याहाँका जनताले परम्परा विरोधी ठाने र रुचाएनन् । चोग्यालको तस्वीरमा जनताले जुत्ताको माला लगाईदिए ।
विस्तारै सन् १९५० को भारतसगँको शान्ति तथा मैत्री सन्धि , जतिखेल नेपालको समेत सन्धि भएको थियो । जनता स्वतन्त्र सिक्किमकै पक्षमा थिए । तर समयक्रमसगैं भारतीय प्रधानमन्त्री ईन्दिरा गान्धीले रअको प्रयोग मार्फत पैसा र मानिसहरु परिचालन गरेर अन्ततः १९७५ मा सिक्किमलाई भारतीय मानचित्रमा गाभिन् । जतिखेर चीनले कुनै विरोध गरेन ।
सन् १९५० मै तात्कालिन गृहमन्त्री सरदार बल्लव भाई पटेलले नेपाललाई भारतमा गाभ्ने भनी राखेको प्रस्तावलाई पछ्याउदै कम्तीमा तराईको भाग जति छुटाएर भारतमा विलय गराउने तयारी र प्रस्ताव गरेको थियो । त्यसलाई ईन्दिरा गान्धीले समर्थन गरेकी थिईन् ।
तर अचानक त्यसै बर्ष अर्थात सन् १९७५ मै भारतमा आन्तरीक राजनीतिक विवाद चर्कियो । ईन्दिरा गान्धीले विपक्षी नेताहरुलाई थुनिन्, मिडिया हाउसहरु कतिपय बन्द गराईन् र देशमा संकटकाल लगाईन् । यो उनको लागि ठूलो दुर्भाग्य थियो । त्यसैले गर्दा नेपाल टुक्रयाएर तराई जति गाभ्ने योजना पछि सारीयो । पछि सन् १९७७ मा भएको निर्वाचनमा काँग्रेस आईले हार्यो । अर्थात ईन्दिरा गान्धीको सत्ता ढल्यो । र नेपालको सौभाग्य तराई टुक्रयाएर भारतमा विलाउने उनको योजना पूरा हुन पाएन । रअका संस्थापकसगँको कुराकानीमा आधारीत भनेर आरके यादवले आफ्नो पुस्तक मिसन रअमा उल्लेख गरेका छन् ।
यस्तो थियो नेपाल टुक्र्याउने पहिलो प्रस्ताव
सन् १९४७ मा तीन सय बर्ष पुरानो उपनिवेश छाडेर बेलायत भागे पछि भारतका साना राज्य र रजौटाहरु मिलाउने कामले तीव्रता पायो । यसरी हैदरावाद लगायतका राज्यहरु अखण्ड भारत भनेर मिलाईयो , त्यहीका जनतालाई प्रयोग गरेर । हो , त्यही हैदरावाद जस्तै नेपाललाई पनि भारतमा विलय गराउने भनेर नेहरुको स्वीकृतिमा तात्कालीन गृहमन्त्री सरदार वल्लभ भाई पटेलले प्रस्ताव राखे तर हैदरावादमा जस्तै नेपाली जनता भारतमा गाभिने अवस्था थिएन र त्यो योजना थाती रह्यो । तर चीनसगँको सिमाना हिमाललाई बनाउने उनीहरुको सपनाको अन्त्य भएन । सन् १९६२ मा चीनसगँ युद्ध हुदाँ भारतले नेपालको भूभागमा ल्याएको सेना युद्ध सकिए पछि फिर्ता भए पनि कालापानीमा नछोडी बसेको बसेको छ ।
पछि ईन्दिरा गान्धी प्रधानमन्त्री भए पछि कम्तीमा तराई भए पनि टुक्रयाउने प्रयत्न थालियो । त्यो पनि भारतको आन्तरीक राजनीतिक संकटका कारण सफल भएन ।
तराईलाई एक मधेश एक प्रदेश बनाउन शुरुमा दवाव दिने भारतीय स्वार्थ त्यस बेलाको रअको डिजाईनसगँ जोडेर हेर्दछन् नेपालको राजनीतिमा । अहिले यो मुद्धा केही सिथिल भए पनि तराईमा आन्दोलन र नेपाल विरुद्ध भारतीय नाकाबन्दी चलेको बेला केही भारतीय सासदहरुले तराईमा सेना परिचालन गरेर हस्तक्षेप गरी केही जिल्ला अलग गर्नु पर्ने माग गरेका थिए ।
त्यस पछि सि के राउतले मधेशलाई अलग बनाउने भनेर स्वतन्त्र मधेशको नारा लिएर अघि बढे पनि जेल परे पछि उनी राज्यसगँ सम्झौता गरी अहिले जनमत पार्टी खोलेर हिडेका छन् ।
नेपालबाट तराई टुक्रयाउने सपना पुरानै भए पनि नयाँ सन्दर्भमा नेपालमा भारतीय आप्रवासीहरुले ठूलो मात्रामा नागरिकता लिएका छन् । कतिपयले यसलाई दोस्रो सिक्किम या फिजिकरण गर्ने भारतीय दीर्घकालीन तयारी र षड्यन्त्रको रुपमा पनि हेर्दै आएका छन् ।