काठमाडौं, ६ असार । एसिएल र एमसिएलको शल्यक्रिया सम्पन्न गरेर रेफ्री रोजेन्द्र खड्गी अस्पतालबाट डिस्चार्ज भएका छन् । ग्वार्कोस्थित बि एण्ड बी अस्पतालमा ३ साउनमा एसिएल र एसिएलको शल्यक्रिया गरेका रेफ्री खड्गी शुक्रबार बिहान अस्पतालबाट घर पुगेका हुन् ।
‘अहिले अवस्था ठिक छ ।आज अस्पतालबाट डिस्चार्ज भएको छु,’ खड्गीले भने ।
गत वर्ष सहिद स्मारक ए डिभिजन लिग अघि अभ्यासमा खड्गीले चोट बोकेका थिए । जसका कारण उनले २०७८ को लिगका कुनै पनि खेल खेलाउन पाएनन् ।
पाँच दिन अस्पतालमा बिताएका खड्गीले शल्यक्रियामा धेरै रकम खर्च भएको र अखिल नेपाल फुटबल संघ ९एन्फा०ले आफूलाई सहयोग गर्नेमा विश्वास रहेको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline