तटबन्ध निर्माणमा बेथिति :निर्माणकै क्रममा तटबन्ध भत्कियो, अनियमितता हुँदा पनि अख्तियार चुपचाप

तटबन्ध निर्माणमा बेथिति :निर्माणकै क्रममा तटबन्ध भत्कियो, अनियमितता हुँदा पनि अख्तियार चुपचाप

  • बुधबार, साउन ४, २०७९
  • डम्मर दत्त भट्ट

  • 10.2K
    SHARES

कञ्चनपुर, ४ साउन । कञ्चनपुर जिल्लाको पुर्वि क्षेत्रमा रहेको कृष्णपुुर नगरपालिका २ बन्द नदीमा निर्माणाधिन तटबन्धमा बेथिति मच्चिएको छ । जनताको तटबन्ध कार्यालयबाट संचालित उक्त तटबन्धको योजना चरम भत्दा मजाक र बजेट दोहन केन्द्रीत भएको छ ।
कार्यालयको गत आर्थिक बर्ष २०७८-०७९ को योजना अन्र्तरगत बर्ष सकिएपनि योजना निर्माण कार्य सकिएको छैन । निर्माण कार्य जारी छ, तर समान्य बर्षात हुँदा तटबन्ध भत्किएको मात्र छैन, तटबन्ध बगाएको छ । गत आर्थिक बर्ष सकिने बेला कार्यालयले एक निर्माण कम्पनीलाई झण्डै २सय ४ मिटर लम्बाईको तटबन्ध निर्माणको जिम्मा दिएको थियो ।
कार्यालयले आर्थिक बर्ष सकिने बेला गोपान्जल निर्माण सेवा कम्पनीलाई झण्डै २८ लाख १५ हजार लागतमा तटबन्ध निर्माणका लागि सम्झौता गरेको थियो । उक्त तटबन्ध निर्माणका लागि झण्डै ४४ लाख स्टमेट रकम भएपनि झण्डै आधा रकममा लिएको ठेक्काको काममा बेथिति भएको छ ।
कृष्णपुर नगरपालिका २ नम्बर वडामा रहेको नदी कटानी नियन्त्रणका लागि निर्माण हुन लागेको तटबन्ध समान्य बर्षातले भत्किएपछि स्थानीय नागरिक एव जनप्रतिनिधी समेत उक्त कामको बिरोध गरेको छन । बजेट सक्नेदेखि कमिसनका लागि बर्षातकै बेला ल्याएको योजनाले राज्यको रकम दोहन हुने मात्रै भएकाले भन्दै बिरोध गरेका छन । बिना स्पर तटबन्धका कमजोर योजना ल्याएर बजेट पचाउने काम भएको भन्दै स्थानीय र जनप्रनिधिले कमिसनको खेल भएको आरोप लगाएका छन । कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले उक्त तटबन्धको काममा तटबन्ध डिभिजन प्रमुख, कर्मचारी ,ईन्जिनियर ठेकेदारको लापरबाही र बेवास्ताको कारण प्राबिधिक स्टिमेट तथा मापदण्ड बिपरित काम भईरहेकोले निर्माण कार्य सम्पन्न नहुदै तहस नहस भएको बताएका छन । वडाध्यक्ष साउदले स्थलगत अनुुगमन गरेपछि समाजिक सञ्जालमा यस्तो स्टाटस राखेका छन, ‘जनताको तटबन्ध कार्यालय महेन्द्रनगरबाट ठेक्का सम्झौता भई कृष्णपुर नगरपालिका २ बाणी नयाँ बस्ती स्थित बन्द नदिमा निर्माण भईरहेको पक्की तटबन्ध डिभिजन प्रमुख, कर्मचारी ,ईन्जिनियर, ठेकेदारको लापरबाही र बेवास्ताको कारण प्राबिधिक स्टिमेट तथा मापदण्ड बिपरित काम भईरहेकोले निर्माण कार्य सम्पन्न नहुदै तहस नहस भएको छ । ठुलो सोर्सरफोर्स लगाएर गुणस्तरहिन काममा साथ दिने भ्रष्टहरुका बिरुद्ध सम्पुर्ण प्रमाण सहित कानुनी उपचार खोज्ने समेत जानकारी गर्दछु ।’

वडाध्यक्ष साउदले ठेकेदारले तटबन्ध निर्माणमा शुरुवाती चरणदेखि गरिरहेको बेथिति बिरुद्धमा तातेकता गर्दा समेत कार्यालयबाट वेवास्ता गरिएको बताए । वडाध्यक्ष साउदले यस्तो बेथिति काममा साथ दिने कर्मचारीदेखि ठेकेदारको मिलोमतो र कमिसनको खेल भएकाले यस्ता गलत काममा अख्तियारले चासो दिनुपर्ने बताए । यस अघि पनि जनताको तटबन्ध कार्यालयले कृष्णपुर नगरपालिका १ खारओदाल ओलामा उपभोक्ता मार्फत दिएको काममा समेत अनियमिता गरेको थियो । स्थानीयले यस्तो अनियमितता हुँदा पनि अख्तियार चुपचाप बसेको भन्दै अख्तियारमाथि प्रशन गरेका छन ।
तटबन्ध निर्माण कम्पनी गोपान्जल निर्माण सेवा कम्पनीका प्रतिनिधी सन्तोष सेटीले वाढी आएकै कारण २÷३जाली मात्रै भत्किएको बताए । अनियमिता गर्न नखोजिएको दावि गर्दै उनले कामकै दौरानामा भत्किएको बताए । नदीमा वाढी आयो केही तारजाली भत्किएको बताउँदै उनले पुर्ननिर्माण गर्ने बताए । योजनामा कसैले पनि कमिसन नमागेको र नदिएको उनको भनाई छ ।
जनताको तटबन्ध कार्यालय कञ्चनपुरका प्रमुख मनोरञ्जन सिहले निर्माण कार्यकै क्रममा केही तारजाली भत्किएको र पुर्ननिर्माण गरिने बताए । कार्यालय प्रमुख सिहले काम पुरा र गुणस्तर नगुरुन्जेल भुुक्तानी नदिने बताए । कार्यालय र कर्मचारीमाथि कमिसनको खेल भएको विषयमा उनले यस्तो हुनै नसक्ने दावि गरेका छन । यस अघि पनि ठेक्का मार्फत हुनुपर्ने योजना कैलालीको गोदाबरी सहितका खोला नदी नालामा तटबन्ध निर्माणमा अनियमितता भएपछि कार्यालयमाथि नागरिकले अनेकन संका उपशंका गरेका छन् । उर्बराभूमि संरक्षणका लागि आएको बजेट दोहन र कमिसनमा स्वाहा हुँदा समेत अख्तियारले यस्ता अनियमितता हुने क्षेत्रमा ध्यान नदिएको गुनासो पोखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी