काठमाडौं साउन २ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ बिरामी भएपछि एन्फा कार्यसमिति बैठक स्थागित भएको छ ।
एन्फा कार्यसमितिको दोस्रो बैठक आज बोलाईएको थियो । अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पतालमा भर्ना भएपछि बैठक रोकिएको हो ।
अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी दिए ।
एन्फा विधानअनुसार कार्यसमित बैठकको सात दिनअघि बैठकका कार्यसूचीबारे पदाधिकारीलाई लिखित रूपमा जानकारी गराउनुपर्छ ।
तर, नेम्वाङले पद तथा गोपनीयताको सपथ खान एन्फा पुगेका निर्वाचित सदस्यलाई बैठकमा राखेर तीन महत्वपूर्ण नियुक्तीसहित महत्वपूर्ण निर्णयहरू गराएका थिए ।
त्यसपछि उनको आलोचना हुन थालेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline