साफ यु -२० का लागि २३ खेलाडी छनौट

साफ यु -२० का लागि २३ खेलाडी छनौट

  • सोमवार, साउन २, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

साउन २ काठमाण्डौँ । भारतमा हुने साफ यू–२० च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ।

भारतको भुवनेश्वरमा साउन ९ गतेदेखि २० गते सम्म हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार टोलीको घोषणा गरेका हुन्।
पाँच टोली सहभागी च्याम्पिनयसिप राउण्ड रोबिनमा हुनेछ। शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन्।

नेपालले आगामी साउन ९ गते माल्दिभ्ससँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। साउन ११ गते श्रीलंकासँग, १५ गते घरेलु टोली भारतसँग खेल्ने तालिका छ। समूह चरणको अन्तिम खेलमा १७ गते बंगलादेशसँग खेल्नेछ।

नेपाली टोलीमा गोलकिपर – इश्वर गुरुङ, युनेश चौधरी, जियारथ शेख छन् ।

डिफेन्डर– अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइवा रहेका छन् ।

मिडफिल्डर – दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान छन् ।

​फरवार्डमा – दीपेश राई, निराजन मल्ल, रोशन खड्गी रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ