नामिविया बिरुद्ध नेपालको लज्जास्पद ब्याटिगं, ६३ रनले पराजीत

नामिविया बिरुद्ध नेपालको लज्जास्पद ब्याटिगं, ६३ रनले पराजीत

  • शनिबार, असार ३२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

असार ३२ काठमाण्डौँ । विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आज भएको खेलमा नेपालले नामिविया बिरुद्ध लज्जास्पद ब्याटिगं गर्दै ६३ पराजय व्यहोरेको छ । नामिवियाले १९९ रन बनाएको थियो ।

२०० रनको मध्यम चूनौती सामना गर्ने क्रममा नेपाली टोली ३८ औँ ओभरमा अलआउट हुँदै १३६ रन मात्र बनाएर पराजीत बन्न पुग्यो ।

दिपेन्द्र सिंह ऐरीले ३८ र आशिफ शेखले ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन् ।

मोहम्मद आदिल आलमले २० रन बटुलेर नेपाललाई अगाडी बढाउने प्रयास गरेका भए पनि उनी पनि आउट भएपछि नेपाल एक पछि अर्को विकेट पतन भएर धराशायी बनेको थियो ।

नामिवियासँग नेपाल यस अघि पनि पराजीत भएको थियो । नेपालले अब स्कटल्याण्डसँग अर्को खेल खेल्नेछ ।
यो पराजयसँगै नेपाल पुनः अंक तालिकाको छैटौ स्थानमा झरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ