३१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा साउन १ गतेबाट कुहिने र नकुहिने फोहोर लैजाने तयारी गरेको छ ।
बञ्चरेडाँडाबासीसँगको सहमति अनुसार अब देखि महानगरपालिकाले सबैलाई घरबाटै कुहिने र नकुहिने फोहोर अलग अलग पारेर छुट्याउन अपील गरेको छ ।
फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५ सय जरिवाना गर्ने महानगरले सूचित गरेको छ ।
मेयर बालेन्द्र साहको नेतृत्वमा आज फोहोर बर्गीकरण सम्बन्धि सचेतना अभियान चलाईएको थियो ।
भोलीदेखि फोहोर छुट्याउनु भनिए पनि हाल सम्म सडकमा थुप्रिएका फोहोरकै व्यवस्थापन हुन नसकेकाले थप चूनौती देखिएको छ ।
भोलीबाट महानगरले कुहिने फोहोर बञ्चरेडाँडा नपठाउने तयारी छ । कुहिने फोहोरलाई काठमाण्डाँैमै मल उत्पाद गर्ने महानगरको योजना छ ।
महानगरले फोहोरको वर्गीकरण नगरे कारबाही गर्ने चेतावनी दिँदै माइकिङ गरिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline