निवर्तमान मेयर जिसीले ज्वाईको कम्पनीलाई दिएको पोखराको जग्गा सम्झौता खारेज

निवर्तमान मेयर जिसीले ज्वाईको कम्पनीलाई दिएको पोखराको जग्गा सम्झौता खारेज

  • शुक्रबार, असार ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

३१ असार, पोखरा । पोखरा उपत्यका नगर विकास समितिले करिब ६३ रोपनी जग्गा भाडामा लगाउने सम्झौता खारेज गरेको छ ।

पूर्व मेयर मानबहादुर जिसीले कार्यकाल सकिनु २ दिनअघि आफ्नो ज्वाईलाई जग्गा ठेक्कामा दिने सम्झौता गरेका थिए । जग्गा भाडा प्रकरणबारे छानविन गर्न गठित समितिले निवर्तमान मेयर र कर्मचारीको मिलेमतोमा गैरकानुनी रुपमा सम्झौता भएको प्रतिवेदन बुझाएसँगै उक्त सम्झौता खारेज भएको हो ।

नगर विकास समितिको शुक्रबार बसेको बैठकले समितिको प्रतिवेदनका आधारमा भाडा सम्झौता खारेज गर्ने निर्णय गरेको समितिका अध्यक्ष एवं मेयर धनराज आचार्यले जानकारी दिए । ‘छानविन प्रतिवेदनमा पेश भएका रायसुझाव अनुसार बोलपत्र लगायतका सम्पूर्ण प्रक्रिया त्रुटिपूर्ण रहेकाले रद्द गर्ने र सम्झौता गरिएको पक्षहरु नाम, ठेगानामा सम्पर्क गर्न नसकेको हुँदा राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशित गरी सार्वजनिक गर्ने निर्णय गरियो,’ मेयर आचार्यले भने ।

बाँकी कानुनी प्रक्रियाका लागि अख्तियार दुरुपयोग आयोग र नेपाल प्रहरीलाई लेखेर पठाउने निर्णय भएको छ ।

नगर विकास समितिको ३ ठाउँको गरी करिब ६३ रोपनी जग्गा अपारदर्शी ढंगले कौडीको भाउमा भाडामा लगाइएकोबारे सतहमा आएपछि सोबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन भएको थियो । समितिको गत शनिबार बसेको १६९ बैठकले नापी कार्यालय कास्की प्रमुख दिनेश काफ्लेको नेतृत्वमा गठित समिलाई एकहप्ताभित्र प्रतिवेदन बुझाउने गरी कार्यादेश दिइएको थियो ।

१२२ पेजमा तयार पारिएको उक्त प्रतिवेदनले प्रचलित भाउभन्दा कममा भाडा निर्धारण, बोलपत्र सिफारिस समिति गठन नभएको, समितिको चलानी कित्ता केरमेट गरी व्यहोरा थपघट गरिएको, सूचना प्रकाशनका लागि पठाएको पत्र शंकास्पद रहेको, पोखरा नगर उपत्यका विकास समितिको जग्गा तथा संरचना भाडा लगाउने सम्बन्धमा कुनै चिठीपत्रको दर्ता तथा चलानी नम्बर नभएको त्रुटि औल्याएको छ । साथै, सम्झौता प्रक्रियामा संलग्न प्रायः बैंक भौचरमा हस्तलिखित अंक र अक्षर मिल्दोजुल्दो देखिएको, रित नपुगी आएको प्रस्ताव स्वीकार भएको ठहर प्रतिवेदनले गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी