असार ३० काठमाण्डौँ । तीन महिना अघि मात्रै अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नरको बोलचाल थिएन । एकाएक गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्री जनार्दन शर्माले निलम्वन गरे । कारण देखाएका थिए , गोप्य सूचना चुहाएको, सरकारको उदेश्य अनुसार काम नगरेको आदि ।
तर त्यो बेला मिडियाको सहानूभूति र सर्वोच्चको आदेशले गभर्नर अधिकारी पदमा बहाल हुन सफल भए ।
त्यही प्रकरणदेखि बजेट निर्माणका क्रममा बिचौलिया प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै आलोचना र छानविन समिति बनेपछि नैतिकताका आधारमा अर्थमन्त्री शर्मा राजीनामा दिएर छानविनका लागि सहयोग गर्छु भन्दै बसेका छन् ।
अहिले ठ्याक्कै तिनै गभर्नर अधिकारीमाथि गंभीर नैतिकताको प्रश्न उठेको छ । एक राष्ट्र बैंकको ऐन विपरीत उनी गभर्नर भएकै बेला नेकपा एमालेको संगठित कार्यकर्ताको रुपमा सदस्यता लिएको पुष्टी भएको छ ।
पहिला महाप्रसाद अधिकारी खोटागंका रुपमा सदस्य रहेका अधिकारीले यस पटक जोगिन एम अधिकारी खोटागं लेखाएका छन् । तर त्यो एम अधिकारी महाप्रसाद बाहेक अरु को हो ? भनेर एमालेले स्पष्ट पार्न सकेको छैन ।
मौद्रिक नीति ल्याउनु अघि उनीमाथि देखिएको यो नैतिक र योग्यताको प्रश्नले उच्च ओहोदामा बसिरहन नमिल्ने भन्दै संसददेखि सडक सम्म राजीनामा दिन वा बर्खास्त गर्न माग उठिसकेको छ ।
यसमा लगानीकर्ताको माग छ एम अधिकारी को हो ? सार्वजनिक हुनु पर्यो हैन भने महाप्रसाद अधिकारीलाई गभर्नरबाट हटाउनु पर्यो । यो माग शेयर बजारका लगानीकर्ताबाट पनि अत्याधिक मात्रामा उठिरहेको छ । उनीहरुले माईतीघरमा बिरोध प्रदर्शन नै गरेका छन् ।
तर गभर्नर अधिकारीले एम अधिकारी आफू नभएको भन्दै चोखिने प्रसाय गरेका छन् । उनका विभागिय प्रमुख घनश्याम भुषालले पनि महाप्रसाद अधिकारी पार्टी सदस्य नरहेको दाबी गरेका छन् । त्यसो भए एम अधिकारी को हुन् त ? भुषाल पनि मौन छन् ।