स्कटल्याण्डमाथि नेपालको शानदार जीत

स्कटल्याण्डमाथि नेपालको शानदार जीत

  • बुधबार, असार २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

असार २९ काठमाण्डौँ । वल्र्ड क्रिकेट लिग डिभिजन टु मा नेपालले आयोजक स्कटल्याण्ड बिरुद्ध पाँच विकेटको शानदार जीत हासिल गरेको छ । आज राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हरायो ।

स्कटल्याण्डले दिएको १४५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर २६ आँै ओभरमा पूरा गर्यो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ७१ रनको योगदान दिए । ६२ बल खेलेका उनले १० चौका र एक छक्का प्रहार गरे । अर्का ओपनर कुसल भुर्तेलले पनि २७ रनको योगदान दिए ।
रोतिह पौडेलले अविजित ३४ रन बटुल्दा देव खनाल ४, दिपेन्द्र सिंह ऐरी ३ र आरिफ शेख १ रनमा आउट भए ।
नेपालका बलर सोमपाल कामी र मोहम्मद आदिल आलमले समान तीन तीन विकेट लिए भने सन्दीप लामीछानेले २ , करण केसी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।
यो जीतसँगै नेपालको १८ खेलबाट १७ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिवियासँग पराजीत भएको थियो ।
नेपालले अब एक खेल नामिवियासँग र स्कटल्याण्डसँग एक खेल खेल्न बाँकी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ