असार २७ काठमाण्डौँ । नेपालले विश्व क्रिकेट लिग डिभिजन टु मा खराब ब्याटीगंका कारण नामिवियासँग पराजीत हुनु परेको छ । स्कटल्याण्डमा भएको खेलमा नेपालले नामिवियाले दिएको २२१ रनको मध्यम लक्ष्य पूरा गर्न सकेन ।
नेपाल १८० रन बनाउदा ४६.५ ओभरमा अलआउट भएको थियो । नेपालका लागि आरिफ शेखले अर्धशतक पूरा गरे । यस बाहेक देव खनालले ३४ र कुसल भुर्तेलले २७ रन बनाउनु बाहेक अन्यले उल्लेख्य योगदान गर्न सकेनन् ।
करण केसीले १९ रन जोडे ।
नामिवियाका एओटनले ६० रन बनाएका थिए । नेपालका लागि सन्दीप लामीछानेले सर्वाधिक ४ विकेट लिएर नामिवियालाई २२० रनमा ४८ औँ ओभरमा अलआउट गराएका थिए ।
नेपालले अब स्कटल्याण्डसँग खेल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline