चाईनिज सुपर लिग आईतवार देखि नेपाली दर्शकले एक्सन स्पोर्टमा हेर्न सक्ने

चाईनिज सुपर लिग आईतवार देखि नेपाली दर्शकले एक्सन स्पोर्टमा हेर्न सक्ने

  • शनिबार, असार २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

चाईनिज सुपर लिग आईतवार देखि नेपाली दर्शकहरुले एक्सन स्पोर्टस् मा हेर्न पाउने छन् ।
नेपाली समय अनुसार आईतवार ४ः१५ बजे चाईनिज क्लवहरु डालिन प्रो र सान्दोङ टाईसान मैदानमा उत्रदैछन् । यस्तै सोमबार ५ः१५ मा सेन्जेन र बेईजिङ तथा मंगलबार ४ः१५ मा साङ्घाई पोर्ट संग उहान थ्रि टाउनले प्रतिस्पर्धा गर्नेछ।

चार चरणमा विभाजन गरि खेलाईएकोे चाईनिज सुपर लिग मा क्रमशः १०, ८, ८ र ८ राउन्ड खेल हुनेछ । आईतबार देखी पहिलो चरणको १० औ राउण्डको खेलहरु एक्सन स्पोर्टस्ले प्रशारण गर्न लागेको हो।

चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकप, युरोपियन लिग, लगाएत अन्य लिगहरु रुचाउँदै आएको नेपाली फुटबल प्रेमी दर्शकहरुलाइर्, चाईनिज सुपर लिग ९ऋक्ी० नयाँ फुटबल लिग थप हुनुको साथै विश्वस्तरीय फुटबल खेलाडिहरु ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्ने हुँदा आकर्षणको केन्द्र हुने छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ