वारीपारी प्रहरी भएकै स्थान झोलुङ्गेपुलबाट रातभरी तस्करी , मिलोमतोकी कि राती प्रहरी कुम्भकरण शैलीमा सुतेको मौका छोपिएको ?

वारीपारी प्रहरी भएकै स्थान झोलुङ्गेपुलबाट रातभरी तस्करी , मिलोमतोकी कि राती प्रहरी कुम्भकरण शैलीमा सुतेको मौका छोपिएको ?

  • शुक्रबार, असार २४, २०७९
  • डम्मर दत्त भट्ट

  • 12K
    SHARES

कञ्चनपुर, २४ । कञ्चनपुर जिल्लामा खुलेयाम तस्करी भईरहेको दोधारा झोगुङ्गेपुलकै एक उदाहरणले घामजस्तै छपस्र्टभएको छ । भारतबाट मलखाद, चिनी, हार्डवेयर, कपडा सहितका समान खुलेयाम तस्करी भईरहेका छन ।
कहिले सशस्त्र प्रहरी, कहिले प्रहरी भन्सार छेउबाटै र अन्य स्थानबाट समेत भन्सार नकाटेका अवैध समान बरामद गरिरहेको घटनाले समेत कञ्चनपुरमा तस्करी भईरहेको स्पष्ट पाईन्छ ।
‘जिल्लादेखि दोधाराचाँदनी जोड्ने झोलुङ्गेपुलको वारी र वारी प्रहरीका चौकी छन । २४ सै घण्टा प्रहरी त्यहाँ खटिएका छन । तर, रातीका बेला मोटरसाईकल मार्फत तस्करी हुँदा समेत समातिदैनन, रोकिदैनन, ‘एक स्थानीयले भने, ‘यसमा कतै प्रहरीको मिलोमतो त छैन ।’ दुवै स्थानमा पुलकै छेउमा प्रहरी भएको स्थानबाट यसरी रातीका बेला खुलेयाम तस्करीले स्वयम प्रहरलाई जिस्क्याईरहेको छ, वा लाईन दिएको बारे उनले जिज्ञासा राखे ।
‘नेपालमा मलखाद अभाव छ, त्यो सबैलाई सर्ववितितै छ, ‘तर किसानका लागि त व्यवहारिक रुपमा सबैले छुट दिएकै छन, ‘ति स्थानीयले भने, ‘रातीका बेला यसरी एकै मोटरसाईकलमा ३÷३ बोरा सहित समान तस्करी हुँदा प्रहरी किन चुपचाप रु’ सीमित सडक भाग्ने ठाँउ छैन, तर दुवै तर्फ प्रहरी हुँदा रातीका बेला तस्करी हुँनु कतै प्रहरीपनि राजस्व चुनावट वा गैर जिम्मेबारी काममा संलग्नन वा मिलोमतो छ छैन, ‘ति स्थानीयले भने, ‘कि प्रहरीको मिलोमतो छ, भन्नुपर्छ कि प्रहरी कुम्भकरणशैलीमा सुत्छन, तस्करले प्रहरी सुतेको मौकामा समान ओर्साछन ।’ यसरी राती राती झोलुङ्गेपुलबाट तस्करी हुँदा समेत प्रहरीले तस्करी नभएको नकार्दै आएका छन । तस्कर समुहकै कारण कञ्चनपुरमा अपेक्षित भन्सार राजस्व समेत संकलन हुन सकेको छैन । प्रहरीले सीमा क्षेत्र मुल ढोकामा सशस्त्र प्रहरी छ, त्यहाँबाटै समान रोकिए कसरी नेपाल भित्रिन्छ, भन्ने धारणा छ, सशस्त्र प्रहरीमाथि अघोषित रुपमा प्रहरीले तस्करलाई छुटदिएको प्रहरीले समातेर भन्सार बुझाउँदा सशस्त्र प्रहरीलाई नैतिक संकट परिरहेको दावि गर्दै आएका छन । केही व्यवसायीले भने गैर कानुनी एव भन्सार छलेर समान ल्याउँदा सशस्त्र प्रहरी र प्रहरीलाई लाईन दिन नसमात्ने नदिने समातेर भन्सार बुझाउने बेसारिसे देखाउने गर्दै आएको बताएका छन । कञ्चनपुरमा सशस्त्र प्रहरी र प्रहरीले राजस्व चुहावट, गैर कानुनी कामकाज रोक्दै आएको दावि गर्दै आएका छन । तर, पनि तस्करी भने सशस्त्र र प्रहरीकै छेउबाट हुँदा उनीहरुको दाविमा विश्वास लाग्ने कुरै भएन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले त्यहाँबाट तस्करी भएको बारे अनुसन्धान गरिने कहाँबाट कसले गरिरहेको बारे खोजबिन गरिने बताए । यदी तस्करी नै भएको भए त्यहाँको प्रहरीले किन हेरेन ? हामीले तस्करी नियन्त्रण गर्न स्पष्ट निर्देशन जारी गरेका छौँ । त्यस बारेमा बुझ्छौँ । म आफै र सिडियोसाप सहित संयुक्त टोली पनि हिजो त्यहाँ ८-९ बजे रातीसम्म थियौँ, तर केही देखिएन न त ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी