प्रशिक्षकसँग विवादबाछि बाहिरीएका १० खेलाडीलाई राष्ट्रिय टोलीमा फिर्ता बोलाउने एन्फाको निर्णय, अलमुताईरीबारे निर्णय भएन

प्रशिक्षकसँग विवादबाछि बाहिरीएका १० खेलाडीलाई राष्ट्रिय टोलीमा फिर्ता बोलाउने एन्फाको निर्णय, अलमुताईरीबारे निर्णय भएन

  • बुधबार, असार ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

असार ९ काठमाण्डौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट प्रशिक्षकसँगको विवाद पछि बाहिरिएका किरण लिम्बु सहित १० खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

प्रशिक्षकलाई निरन्तरता दिने वा नदिने विषयमा एन्फा सचिवालयलाई जिम्मा दिने निर्णय भएको छ।

नेम्वाङ अध्यक्षमा निर्वाचित भए लगत्तै प्रशिक्षक अलमुताईरीले टिम छाड्ने संकेत दिएका छन् । उनको सम्झौता अनुसार अझै दुई वर्ष अवधि बाँकी छ ।

यस्ता छन् निर्णयहरु ः

१. अध्यक्ष पंकजविक्रम नेम्बाङ्गको प्रस्तावमा अखिल नेपाल फुटबल संघको आगामी कार्यकाल ९चार वर्ष० को लागि महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अर्न्तराष्ट्रिय सम्बन्ध प्रमुखमा नविन पाण्डेलाई नियुक्ति गर्ने निर्णय पारित गर्ने निर्णय गरियो।

२. अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको प्रस्तावमा हालै सम्पन्न २१औ साधारण सभा तथा निर्वाचन
सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने निर्वाचन समिति निर्वाचन अपिल समिति,
निवर्तमान कार्यसमिति, जिल्ला फुटबल संघ, क्लबहरु, एन्फा समितिहरु, सुरक्षाकर्मी, एन्फाका कर्मचारी लगायत सम्पुर्णलाई धन्यवाद दिने निर्णय पारित गरियो ।

३. खेलकुद विकास ऐन २०७७ मा व्यवस्था भए बमोजिम प्रदेश खेलकुद समन्वयमा असार १५
गतेभित्र प्रादेशिक संरचना निर्माण गरि राष्ट्रिय खेलकुद परिषद्समक्ष पेश गर्ने प्रतिवद्धता
अनुसार कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय पारित गरियो।

४. राष्ट्रिय टिमका फुटबल खेलाडी र प्रशिक्षकबीचको विवाद पछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुरुप १० जना खेलाडीहरुको हकमा राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गरियो। र प्रशिक्षकको हकमा निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरि कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरियो।

५. अखिल नेपाल फुटबल संघले ३० दिन भित्र श्वेतपत्र जारी गरि संघको वर्तमान आर्थिक तथा प्रशासनिक अवस्थाको बारेमा जानकारी दिने निर्णय पारित गरियो।

६. अखिल नेपाल फुटबल संघका केहि कर्मचारीहरु आवश्यक देखिएकोले पदपुर्तिका लागि आवश्यक प्रक्रिया पुरा गरि कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय पारित गरियो।

७. यहि जुलाइ २ बंगलादेशको राजधानी ढाकामा हुने दक्षिण एसियाली फुटबल संघ (साफ)को चुनावमा उपाध्यक्ष पदमा नेपालबाट न्यु रोड टिम (एनआरटी) क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीको नाम प्रस्ताव गर्ने निर्णय पारित गरियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ