एसीसी टि–ट्वेन्टी महिला च्याम्पियनसिपमा नेपालको बिजयी शुरुवात, भुटान ५० रनले पराजीत

एसीसी टि–ट्वेन्टी महिला च्याम्पियनसिपमा नेपालको बिजयी शुरुवात, भुटान ५० रनले पराजीत

  • शुक्रबार, असार ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

असार ३ काठमाण्डौँ । मलेसियामा आजदेखि सुरू एसिसी महिला टी २० च्याम्पियनसिपमा नेपालले भुटानमाथि ५० रनको फराकिलो जित निकालेको छ । नेपालसामु निरीह देखिएका भुटानी ब्याट्सम्यानहरु मध्य एक जना बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमै अलआउट भयो।

भुटानका लागि छिरिङ जाङ्मोले सबैभन्दा बढी १६ रन जोडिन्। बलिङमा नेपालकी संगीता राईले ३ विकेट लिइन्। सीता मगर र कविता कुँवरले २–२ विकेट हात पारे। इन्दू बर्मा र अस्मिना कर्माचार्यले १–१ विकेट लिए।

‍त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ९४ रन जोडेको थियो । नेपालका लागि काजल श्रेष्ठले २६ रन, कप्तान रूबिना क्षेत्रीले २१ रन र इन्दू बर्माले २० रन जोडेकी थिईन् । बलिङमा भुटानकी सोनाम पाल्दोनले ४ विकेट लिइन्।

नेपाल समूह बीमा रहेको छ। यो समूहमा भुटानसहित कुवेत, हङकङ र बहराइन छन्।

यस्तै समूह ए मा घरेलु टोली मलेसिया, ओमान, कतार, सिंगापुर र युएई छन्। दुई समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने दुई टिम महिला टी–२० एसिया कपमा छनोट हुनेछन्।

नेपालले दोस्रो खेलमा भोलि कुवेतसँग खेल्ने छ भने तेस्रो खेलमा सोमबार बहराइन र चौथो खेल मंगलबार हङकङसँग खेल्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ