असार २ काठमाण्डौँ । अमेरीकामा आज सम्पन्न त्रिकोणात्मक एक दिवसीय विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत अमेरीकासँग ३९ रनले पराजीत भएको छ ।
अमेरीकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपाल ४७.४ ओभरमा अलआउट हुँदै २०६ रनमा समेटिए पछि पराजय भोग्न पुग्यो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रनको योगदान दिए भने सोमपाल कामीले ४७ रन बनाए ।
ओपनर आशिफ शेख १८ र कुसल भुर्तेल १० रनमै आउट भएपछि दबाबमा आएको नेपाललाई देव खनालले ३४ रनको योगदान दिएर उकास्ने प्रयास गरेका थिए । तर अर्का भरपर्दा ब्याटस्म्यान रोहित पौडेल पनि १६ रनमा पेभिलियन फकिए ।
आरिफ शेख र सोमपाल कामीले एक सय बढी रनको साझेदारी गरेर जीतको आशा देखाए पनि शेख र सोमपाल आउट भए पछि ब्याटीगंका लागि आएका करण केसी, सन्दीप लामिछाने र मोहम्मद आदिल सहजै आउट भए पछि नेपाल पराजीत बनेको हो ।
यस अघि पहिलो खेलमा नेपालले अमेरीकासँग बराबरी खेलेको थियो भने ओमनसँग एक खेलमा जीत र एक खेलमा पराजीत भएको थियो ।
नेपाल लिगको शीर्ष पाँचौँ स्थानमा रहेको छ भने अमेरीका चौथो स्थानमा रहेको छ ।