असार १ काठमाण्डौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले ओमनमाथि शानदार जीत हात पारेको छ । अमेरीकामा भएको खेलमा नेपालले ओमनमाथि विकेटको जित निकालेको हो ।
टस हारेर फिल्डिगंको निम्तो पाएको नेपालले आज बलिगंमा उत्कृष्ट प्रदर्शन गर्दै ओमनलाई ४६.५ ओभरमा १६३ रनमा अलआउट गरेको थियो ।
ओमनले दिएको १६४ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा नेपालले ३ विकेटको क्षतिमा ३३.१ ओभरमा लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि आशिफ शेखले ६२ रन बनाए भने कुसल भुर्तेलले ५६ रन जोडे ।
यस्तै देव खनालले १० रन जोडेर आउट हुँदा रोहित पौडेलले अविजित २६ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ६ रन जोडे ।
आज नेपालका लागि करण केसीले सर्वाधिक पाँच विकेट लिए । उनले ९ ओभरमा ३३ रन खर्चेका थिए ।
त्यसै गरी कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । त्यसै गरी सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।
ओमनका लागि जिसम मकसुबले सर्वाधिक ५२ रनको योगदान दिए भने सन्दीप गौडले ४७ रन बनाउनु बाहेक अन्यले उल्लेख्य योगदान गर्न सकेनन् ।
यो जीत सँगै नेपाल लिगको अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । नेपालले १५ खेलमा १५ अंक जोडेको छ । यस अघि पाँचौ स्थानमा नामिविया थियो । शीर्ष स्थानमा भने ओमन रहेको छ । त्यसपछि स्कटल्याण्ड, युएई र अमेरीका नेपाल भन्दा अघि रहेका छन् ।
नेपालले अब भोली अमेरीकासँगको अन्तिम खेल खेल्नेछ ।