रोजगारी दिन्छु भन्दै ठग्ने महुन्याल एजुकेशनले विद्यार्थीलाई पैशा फिर्ता गर्यो

रोजगारी दिन्छु भन्दै ठग्ने महुन्याल एजुकेशनले विद्यार्थीलाई पैशा फिर्ता गर्यो

  • मङ्लबार, जेष्ठ ३१, २०७९
  • डम्मर दत्त भट्ट

  • 10K
    SHARES

कञ्चनपुर, ३१ जेठ ।
कञ्चनपुरमा रोजगारी दिन्छु भन्दै बेरोजगार युवा युवतीहरुलाई ठग्ने महुन्याल एजुकेशन एण्ड टेक्निकल ईन्स्टिच्युट प्रालिले विद्यार्थीहरुबाट लिएको पैशा फिर्ता गरेको छ । कैलालीको भजनीमा मुख्य कार्यालय रहेको महुन्याल एजुकेशन एण्ड टेक्निकल ईन्स्टिच्युट प्रालिको शाखा महेन्द्रनगरले रोजगारीका नाममा विद्यार्थीहरुबाट संकलन गरेको लाखौँ रकम फिर्ता गरेको हो ।

गत बैशाखमा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विद्यार्थी ठग्ने उक्त संस्था बिरुद्धमा आन्दोलन गरेका थिए । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरी, अनेरास्ववियु कञ्चनपुरका नेता रविन नाथ नेतृत्वले प्रहरी र प्रशासनमा उजुरी दिएका थिए ।
ठगि बिरुद्धमा विद्यार्थी संगठन अखिल क्रान्तिकारी र अनेरास्ववियुको एक्सनपछि उक्त संस्थाले विद्यार्थीलाई रकम फिर्ता गरेको छ । अनेरास्ववियु कञ्चनपुरका नेता रविन नाथले ३२ जना विद्यार्थीबाट अनाधिकृत रुपमा अशुलेको २ लाख, ५३ हजार ५ सय रुपैया फिर्ता गराएको बताए । ‘कुनै विद्यार्थीको ५ हजार कुनैको १०हजार रकम रहेछ, ‘उनले भने, ‘ठगिएका ३२ जनाको रकम फिर्ता गरेका छौँ ।’ ठगिएका विद्यार्थीको रकम फिर्ता गरेसंगै अहिले नै मुद्दा मामला तर्फ विद्यार्थी स्वयम नगएकाले पहिलो पटकका लागि संस्थालाई माफि दिएको बताए ।

अनेरास्ववियुका विद्यार्थी नेता नाथ र युवा संघका जिल्ला उपाध्यक्ष दिनेश विष्ट सहितले रकम फिर्ता गराएका थिए ।
चर्को शुल्क अशुलेर तोकिएको समय भन्दा कम अवधि तालिम दिने र विभिन्न रोजगार सीपमुलक तालिमका लागि ग्राहक खोज्नका लागि गाँउ गाँउमा पठाएर काम गर्न नसकेको भन्दै पैशा नदिएर श्रम शोषणा समेत गरिरहेको ठगिएकाले बताएका थिए । विद्यार्थी संघ सगठन र नेताहरुको प्रयासबाट ठगिएको पैशा फिर्ता भएको बेरोजगार युवा युवतीले बताएका छन । रोजगारी दिन्छु भन्दै ठगिएकी भीमदत्त नगरपालिका–१० तिल्केनीकी प्रेरणा बमले विद्यार्थी संघ संगठनको प्रयासबाट न्याय पाईएको बताईन् ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले बेरोजगार विद्यार्थीबाट रोजगारीको प्रलोभनमा ठगि गर्ने संस्था बिरुद्धमा क्रान्तिकारी सहितका विद्यार्थी संगठन अग्रसर हुँदा ठगिएका विद्यार्थीलाई रकम फिर्ता भएको बताए । ‘यदी विद्यार्थीलाई पैशा फिर्ता नगरेको भए हामीले थप आन्दोलन गर्दथ्यौँ, ‘उनले भने, ‘ठगेको पैशा फिर्ता भयो, फेरी पनि यस्तै ठगि धन्दा गरे थप कानुनी प्रकृयामा जान्छौँ ।’

महुन्याल एजुकेशन एण्ड टेक्निकल इन्स्टिच्यूट प्रालिले कसैलाई नठगेको दावि गरेपनि अन्तत पैशा फिर्ता गरेसंगै ठगेको प्रमाणित भएको छ । रोजगारीका नाममा ठगि धन्दा चलाउने केही गैर सरकारी संस्था च्याउ जस्तै खुलेकाले त्यस्तामाथि कार्बाही गर्नुपर्ने स्थानीयले बताएका छन । ठगि गिरोहमाथि कार्बाही नगरी पुन बेरोजगार युवा युवती ठगिने भन्दै स्थानीय सरकारले समेत आ–आफ्नो पालिकामा रहेका गैर सरकारी संस्थामाथि निगरानी राख्नुर्नेमा जोडदिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी