बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि गर्न मन्त्रीलाई ज्ञापन

बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि गर्न मन्त्रीलाई ज्ञापन

  • मङ्लबार, जेष्ठ ३१, २०७९
  • डम्मर दत्त भट्ट

  • 12.7K
    SHARES

कञ्चनपुर, ३१ । सरकारले आगामी आर्थिक बर्ष २०७९-०८० साउनदेखि सरकारी कर्मचारीको तलब बृद्धि गरेपनि देशभरी गाँउ गाँउ कुना कन्दररामा रहेका सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षक एव विद्यालय कर्मचारीको तलब बृद्धि नगरेपछि एकीकृत अखिल नेपाल शिक्षक संगठन आन्दोलित भएको छ ।
१५ जेठमा अर्थमन्त्री एव माओवादी नेता समेत रहेका जनार्दन शर्मा९प्रभावर०ले संसदमा प्रस्तुत गरेको बजेटमा बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि बारे स्ष्ट नखुलाएपछि माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन आन्दोलित भएको हो । बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको तलब बारे स्पष्ट नखुलाएपछि एकीकृत अखिल नेपाल शिक्षक संगठनले चासोका साथ ससद,मन्त्री, पुर्व प्रधानमन्त्री, मन्त्रालयका कर्मचारीसंग भेटघाट गरेर निम्न स्तरका कर्मचारीमाथि विभेद भएको भन्दै आपत्ती जनाएका छन । मंगलबार पनि एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा ९प्रभावकर०, उर्जामन्त्री पम्फा भुसाल, माओवादी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल९प्रचण्ड०लाई भेटेर निम्न स्तरका कर्मचारीको तलब बृद्धि गर्नका लागि पार्टीका तर्फबाट पहल गरिदिन माग गरेका छन । एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य एव बाल विकास शिक्षक समिति सचिव रमा उपाध्यायले माओवादी अध्यक्ष प्रचण्डसंगको भेटघाट डेलिगेशनमा निम्न स्तरका बाल विकास र विद्यालय कर्मचारीको तलब बृद्धि गर्ने पार्टीका तर्फबाट पहल र आवश्यक निर्देशन दिने आश्वासन दिएको बताईन । ‘हामीसंग माओवादी अध्यक्ष एव पुर्व प्रधानमन्त्री प्रचण्ड ज्यूले बाल विकास र विद्यालय कर्मचारीको तलब बृद्धि गर्न सत्ता साझेदारी दलका तर्फबाट मन्त्रीलाई निर्देशन सहित पहल गर्ने बचन दिएका छन, ‘उनले भनिन, ‘अर्थमन्त्री शर्मा र उर्जामन्त्रीले समेत स्रोत खोजेर तलब बृद्धि गर्ने आश्वासन दिए ।’
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले प्रचण्ड सहित अर्थमन्त्री, उर्जामन्त्री, शिक्षा, अर्थका कर्मचारीसंग शिक्षाको आधारशिला बाल विकास र सामुदायिक विद्यालयको विकासमा विद्यालय कर्मचारीको समेत महत्वपूर्ण भूमिका हुने भएकाले पारिश्रमिक बृद्धि गर्नुपर्नेमा बताए । समाजवाद तर्फ उन्मुख रहेको नेपालमा निम्नस्तरका कर्मचारी जहिल्यैपनि विभेदको शिकार बन्ने कार्य निन्दनिय भएको समेत शिक्षक अगुवाले चिन्ता व्यक्त गरेका छन ।

गरिब, उत्पिडनमा परेका निम्न स्तरका भुई मान्छेहरुलाई मुल धारमा ल्याउनुपर्छ भन्दै जनयुद्धमा होमिएका तिनै नेता प्रभावकर अर्थमन्त्री भएपनि शिर्ष उच्च कर्मचारीप्रति मायादाया गर्दै निम्न स्तरका कर्मचारीमाथि विभेद गरिरहेको भन्दै जनयुद्धको नीति विपरित कार्य गरिरहेको टिप्पणी गरिरहेका छन । एकीकृत अखिल नेपाल शिक्षक संगठनले बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी