एशियन कप छनौटको अन्तिम खेलमा नेपालले आज ईन्डोनेशियाको सामना गर्दै

एशियन कप छनौटको अन्तिम खेलमा नेपालले आज ईन्डोनेशियाको सामना गर्दै

  • मङ्लबार, जेष्ठ ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

३१ जेठ, काठमाडौं । एएफसी एसियन कपको तेस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज ईन्डोनेशियासँग खेल्दैछ । यस अघि जोर्डन र कुवेतसँग पराजीत भएर छनौटको संभावना लगभग समाप्त भएको नेपालका लागि आजको खेल प्रतिष्ठाको लागि मात्रै हुने निश्चित छ ।

नेपाल र इन्डोनेसियाबीचको खेल आज राति १ बजे कुवेतको कुवेत सिटीस्थित जाबेर अल अहमद इन्टरनेशनल स्टेडियममा हुनेछ ।

कुवेतलाई समेत हराएको ईन्डोनेशिया नेपाल भन्दा बलियो टिम देखिन्छ । तर पछिल्लो खेलहरुमा नेपालले पनि राम्रो प्रदर्शन गर्दै आएकाले जीतका लागि खेल्ने टोलीको लक्ष्य छ ।

तेस्रो चरणको छनोटबाट समूह विजेता बन्ने टोली सिधै अर्को वर्ष हुने एसिया कपमा छनोट हुनेछ । यस्तै उत्कृष्ट पाँच उपविजेता पनि एसिया कपमा छनोट हुनेछ ।

नेपालको लागि इन्डोनेसिया नयाँ प्रतिद्वन्दी जस्तै हो । नेपालले अहिलेसम्म इन्डोनेसियासँग एक खेल मात्र खेलेको थियो । नेपालले इन्डनेसियासँग सन् २०१४ मा मैत्रीपूर्ण खेल खेलेको थियो । मालाङ्गमा भएको उक्त खेलमा नेपाल २–० ले पराजित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ