काठमाडौं, २६ जेठ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले ओमानविरुद्ध फिल्डिङ थालेको छ । यस क्रममा नेपालले शुरुवाती सफलता हात पारेको छ । नेपालका लागि फास्ट बलर करण केसीले पहिलो बलमै विकेट लिएर ओमनमाथि दबाब बनाएको छ । बिहीबार राति ह्युस्टस्थित मुसा क्रिकेट मैदानमा टस जितेसँगै ओमानका कप्तान जिशान मकसुदले ब्याटिङ रोजेका हुन् ।
ओमानविरुद्धको खेलमा सुनिल धमलाले डेब्यू गरेका छन् । धमला २०१७ पछि नेपाली टोलीमा फर्किएका हुन् ।
नेपालको टिम : सन्दीप लामिछाने, रोहित पौडेल, आरिफ शेख, सुशन भारी, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, देव खनाल, सुनिल धमला र सुवास खकुरेल
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline