जेठ २६ काठमाण्डौँ । एएफसी एशिया कप छनौट अन्तर्गत आज बिहान भएको खेलमा नेपाल जोर्डनसँग दुई शुन्य गोल अन्तरले पराजीत भएको छ । कुवेतमा सम्पन्न खेलमा नेपालले जोर्डनलाई गोल रहित बराबरीमा रोकेको थियो । सिनियर १० खेलाडी विवादका कारण सामेल नभएको यो खेलमा पनि टिमले शुरुवातमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
पहिलो हाफ्मा रेफ्रिीले विवादास्पद रुपमा दिएको पेनाल्टी आजै डेब्यु गरेका गोल किपर दिप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए ।
यसरी पहिलो हाफ्मा बराबरीमा सकिएको खेलको दोस्रो हाफ्को ६९ औँ मिनेटमा नेपालले गोल व्यहोर्न पुग्यो । त्यसपछि ८२ औँ मिनेटमा जोर्डनले पेनाल्टी मार्फत अर्को गोल गरेको थियो ।
नेपालले अब आयोजक कुवेत र ईन्डोनेशियासँग खेल्न बाँकी छ । नेपाल सम्मिलित समुहमा जोर्डन सबै भन्दा दाबेदार टोलीको रुपमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline