थाइल्यान्डसँग पराजित भएसँगै अण्डर -१९ महिला विश्वकप खेल्ने नेपालको सपना अधुरो

थाइल्यान्डसँग पराजित भएसँगै अण्डर -१९ महिला विश्वकप खेल्ने नेपालको सपना अधुरो

  • मङ्लबार, जेष्ठ २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, २४ जेठ । थाइल्यान्डसंग ४९ रनले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोट हुने सम्भावना समाप्त भएको छ ।

मलेसियाको जारी प्रतियोगितामा दोस्रो हारसँगै नेपालको विश्वकप खेल्ने सम्भावना सकिएको हो । बलियो टोली थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो ।

नेपालका लागि सृष्टि जैसीले अविजित ७ रन बनाइन्। यस्तै साना प्रविनले ६, अनु कडायतले ५, कृतिका मरासिनीले ३, अन्जली विश्वकर्माले ३, रन्जु श्रेष्ठले १ र स्नेहाले १ रन जोडिन । थाइल्यान्डकी नन्थिता बोसुखामले तीन विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ७ विकेट गुएर ८९ रन बनाएको थियो । थाइल्यान्डका लागि थिपत्चा पुत्थावोङले २० रन जोडिन् । बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रन बनाइन् । नेपालकी मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले समान दुई विकेट लिए ।

हारसँगै नेपाल चार खेलमा चार अंक जोड्दै तेस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। यस्तै दोस्रो खेलमा १० विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा नेपालले भुटानलाई चार विकेटले हराएको थियो ।

थाइल्यान्डको यो लगातार चौथो जित हो । थाइल्यान्ड चार खेलमा आठ अंक जोडेर शीर्ष स्थानमा छ । अब नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ