महिला क्रिकेटः १९  खेलाडी बन्द प्रशिक्षणमा 

महिला क्रिकेटः १९  खेलाडी बन्द प्रशिक्षणमा 

  • आइतवार, जेष्ठ २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, २२ जेठ । एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि  नेपाल क्रिकेट संघ (क्यान) ले १९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

शनिबार प्रतियोगिताको तयारी लागि क्यानले पहिलो चरणमा १९ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको हो । १९ खेलाडीमध्ये १५ खेलाडी राष्ट्रिय टिममा छनोट हुने क्यानले जनाएको छ ।

च्याम्पियनसिपको समूह ‘बी’ मा नेपालसँगै हङकङ, कुवेत, भुटान र बहराइन छन् ।

मलेसियामा हुने प्रतियोगितामा नेपालले जुन १७ मा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल कुवेतविरुद्ध जुन १८ मा खेल्दा जुन २० मा बहराइनविरुद्ध तेस्रो र जुन २१ मा हङकङविरुद्ध खेल्ने तालिका छ ।

बन्द प्रशिक्षणमा डाकिएका खेलाडीः
रुविना क्षेत्री, इन्दु वर्मा, सीता रानामगर, ज्योती पाण्डे, काजोल श्रेष्ठ, कविता कुवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अस्मिना कर्माचार्य, मनिषा उपाध्याय, विन्दु रावल, ममता चौधरी, रेखा रावल, इश्वरी विष्ट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ