सिनियर दश खेलाडी नसमेटिएको नेपाली टिमले बलियो टोली ओमनसँग मैत्रीपूर्ण खेल खेल्दै

सिनियर दश खेलाडी नसमेटिएको नेपाली टिमले बलियो टोली ओमनसँग मैत्रीपूर्ण खेल खेल्दै

  • शुक्रबार, जेष्ठ २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, २० जेठ । एएफसी एसियन कप–२०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोली आज ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै छ ।

दोहामा हुने खेल राति १० बजे सुरु हुनेछ । बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ ।

नेपालले पूर्व कप्तान किरण चेमजोङ, रोहित चन्द जस्ता भरपर्दा दश सिनियर खेलाडी विनाको टोली बनाएको छ । जसमा कप्तानी नवयुग श्रेष्ठले गरेका छन्

यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी हो । २–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको थियो ।

यस्तै, दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो ।

एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम भोलि कुवेत प्रस्थान गर्नेछ ।

समूह ‘बी’ मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ गते कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी