विद्यालय हाताभित्र मादक पदार्थ सेवन गरेको भन्दै विधार्थीहरूले गरे नाराबाजी

विद्यालय हाताभित्र मादक पदार्थ सेवन गरेको भन्दै विधार्थीहरूले गरे नाराबाजी

  • मङ्लबार, जेष्ठ १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

बारा, १६ जेठ । बाराको कोल्हवी नगरपालिकास्थित एउटा विद्यालय हाताभित्र केही व्यक्तिहरुले मादक पदार्थ सेवन गरेको भन्दै विद्यार्थीलेहरूले नाराबाजीसहित विरोध गरेका छन । कोल्हवी नगरपालिका वडा नम्बर १ मा रहेको श्री अनुप दिपनी माध्यमिक विद्यालय हाताभित्र विद्यालयका शिक्षकहरूले रक्सीसहित भोजभतेर गरेको भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले शिक्षकविरुद्ध नाराबाजी गरेका हुन ।

सोमबार विद्यालय आएका विद्यार्थीहरूले विद्यालय परिसरमा मदिराको खाली बोतल फालिएको देखेपछि विद्यार्थीले विरोध गरेका थिए । विद्यालयमा कार्यरत शिक्षक धिरेन्द्र चौधरी र कार्यालय सहयोगी कपिलदेव चौधरीको बिदाई कार्यक्रमका अवसरमा आयोजित भोजमा शिक्षकहरुले मदिरा सेवन गरेको विद्यार्थीहरुले बताएका छन । बिदाई कार्यक्रमको नाममा विद्यालय जस्तो पवित्र स्थलमा मादक पदार्थ सेवन गरेर विद्याको मन्दिरलाई शिक्षकहरूले नै अपवित्र पारेको र प्रधानाध्यापक रामप्रकाश चौधरीले नियन्त्रण गर्न नसकेको उनीहरुले आरोप लगाएका छन ।

घटनाको विषयमा विद्यार्थीहरले प्रधानाध्यापक चौधरीसँग जवाफ माग्न खोज्दा उनीहरुलाई विद्यालयबाट निष्काशन गरिदिने धम्की दिएपछि विद्यार्थीहरू थप आक्रोशित बनेका छन । बिदाई कार्यक्रम सकिएपछि आफूहरु घर गएको र मदिरा सेवन बारेमा केही जानकारी नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय कुमार साहले बताए । शिक्षकहरूले रकम जम्मा गरेर भोजभतेर गरेको जानकारी प्राप्त भएको उनले बताए । उनले विद्यालय हाताभित्र गलत क्रियाकलाप भएको पाइएमा त्यस्ता शिक्षकलाई कारबाही गरिने बताए ।

तरयस विषयमा प्रधानाध्यापक चौधरीले भने केही बताउन चाहका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी