हुलाकी सडकमा ठेकेदारको वेवास्ता: बेलडाँडी–दैजी खण्ड अधुरै, हिलाम्मे र धुलाम्मेबाट जनताले मुक्ति कहिले पाउँछन ?

हुलाकी सडकमा ठेकेदारको वेवास्ता: बेलडाँडी–दैजी खण्ड अधुरै, हिलाम्मे र धुलाम्मेबाट जनताले मुक्ति कहिले पाउँछन ?

  • सोमवार, जेष्ठ १६, २०७९
  • -डम्मर दत्त भट्ट

  • 11K
    SHARES

कञ्चनपुर, १६ जेठ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेका निर्माणाधिन हुलाकी सडकमा निर्माण कम्पनी९ठेकेदार०को चरम लार्पबाहीले निर्धारित समयमा सडक नबन्ने भएको छ । ठेकेदार कम्पनीको लार्पबाहीले कैलाली कञ्चनपुर जोड्ने हुलाकी सडक अनिश्चित बन्दै गएको हो । हुलाकी सडक निर्माणका लागि पाँच बर्ष अघि निर्माण कार्य शुरु भएको थियो । १ फागुन, ०७३ फागुनमा सडक निर्माणका लागि शिलान्यास गरिएको थियो ।
सम्झौता अवधि भित्रै राजमार्ग निर्माणको जिम्मा पाएका दुवै कम्पनीले काम गर्न सकेका छैनन् । पहिलो पटक निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै काम सम्पन्न गर्ने सम्झौता भएको थियो । बाबाहंससिद्धिकी र शर्माजेभी निर्माण कम्पनीले कालोपत्रेको काम गर्न सकेका छैनन् । शर्मा जेभी निर्माण कम्पनी काँग्रेस डडेल्धुराका जिल्ला सभापति भीम बहादुर साउदको निर्माण कम्पनी हो । तर, आफै सत्ताधारी पार्टी काँग्रेसको जिल्ला सभापति भएको कम्पनीले निर्माण कार्य ढिलासुस्ती गरेका छन । सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले बषौँदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय समेत आक्र्रोसित र चिन्तित भएका छन ।

कञ्चनपुर कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्र ९कैलाली–कञ्चनपुर०को आर्थिक विकासमा बृद्धि हुने अपेक्षा लिएपनि ठेकेदार कम्पनीको लार्पबाहीका कारण स्थानीय हैरान भएका छन ।
हुलाकी सडक छेउमै घर भएका बेलडाँडी गाँउपालिका १सिद्धचोकका स्थानीय दिनेश ठकुराठीले सरकारको लार्पर्बाहीका कारण ठेकेदार कम्पनीले वेवास्ता गरेका कारण सडक समयमै बन्न नसकेको बताए । ‘सरकारले ठेकेदारलाई ताकेता गरेन, ‘उनले भने, ‘ताकेता नगर्दा ठेकेदारले सडक बनाउन ध्यान दिएन ।’

पूनर्वास नगरपालिका २मोतिबस्तीका लाल बहादुर नेपालीले हुलाकी सडकमा चरम ढिलासूती भएकै कारण सडक धुलाम्मे हुँदा हिडडुल गर्न समस्या भएको बताए । ‘एक गाडी आउँदा पुरै धुलो उडाएर जान्छ, ‘उनले भने, ‘ठेकेदार कम्पनीले न सडक बनायो न पानी छर्कियो ।’
हुलाकी सडक छेउमै घर भएका बेलौरी नगरपालिका ९रतनपुरका सुरेन्द्र राज जोशीले सडक धुलाम्यले छेउछाउका बिरुवा, घर सेताम्मे भएका छन । ‘सडक छेउका घटना घुलाम्मे भएका छन, ‘हामीहरुको स्वास्थ्यमा समेत असर परिरहेको छ, ठेकेदार कम्पनीले कहिले काम गर्दछन, कहिले गदैनन ।’
१ फागुन ०७३ मा ३० महिनाभित्रै ६२ किलोमिटर सडक निर्माणका लागि दुवै कम्पनीले आयोजनासंग सम्झौता गरेका थिए । ३० भदौँ ०७६ मा पहिलो पटक सम्झौता गरिएको म्याद सकिएर फेरी ८ महिना थप गरेर ३० चैत्र ०७६ सम्म ६त्यसुपछि पनि म्याद थप गरिएको थियो । पटकपटक म्याद थप गर्दा समेत समस्या उस्तै रहेको छ ।
हुलाकी राजमार्ग आयोजना कम्पनीका ईन्जिनियर एव प्रवक्ता पदम मडैले सयममै काम गर्न निर्देशन दिएको बताएका थिए । निर्माण गरेको बेस र पहिलो कालोपत्रे लेयर समेत भत्किदै छ । दोस्रो फेज बेलडाँडी, बेलौरी क्षेत्रमा ठेकेदारले ग्राभिलिङ्ग थुपारेर अलपत्र पारेकोछ ।
पुर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गको वैकल्पिक ‘हुलाकी राजमार्ग कञ्चनपुरमा अधुरै रहेको छ । डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजी महेन्द्रराजमार्ग सम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुँदा सडक धुलाम्मे भएको छ । तीन फेजमा ठेक्का भएको सडक पहिलो र तेस्रो फेज शर्माजेभी निर्माण कम्पनी र दोस्रो फेज बाबाहंससिद्धिकीले निर्माणको ठेक्का पाएका थिए ।
कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता अनुरुप काम सम्पन्न गरेका छैनन । हरेक बर्षातले हिलाम्मे र हिउँदे गर्मीयाममा धुलाम्मे हुने भएकाले सर्वसाधारण जहिल्यै मारमा पर्दै आएका छन ।
हुलाकी राजमार्ग आयोजनाले उक्त सडक ० देखि २० किलोमिटर, २० देखि ४० र ४० देखि ६२ किलोमिटर सडक तीन चरणमा कालोपत्रे गर्ने ठेक्का दिएको थियो । हुलाकी सडक ढिलासुस्तीले जनताले दैनिक सास्ती खेप्नु परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी