कक्षा १२ को परीक्षा आजबाट शुरु

कक्षा १२ को परीक्षा आजबाट शुरु

  • सोमवार, जेष्ठ १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।

यही जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट करिब चार लाख १५ हजार परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा शर्माले सबै परीक्षा केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाएको जानकारी दिनुभयो ।

परीक्षा केन्द्रले प्रश्न पत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था गरिएको छ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय ९होम सेन्टर० मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्न पत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो ।

बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरुपमा सम्पन्न गर्न बोर्डलेसबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी