यू–१९ महिला क्रिकेट टोलीको कप्तानमा मरासिनी

यू–१९ महिला क्रिकेट टोलीको कप्तानमा मरासिनी

  • सोमवार, जेष्ठ ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

नेपाल क्रिकेट सङ्घ ९क्यान०ले उन्नाइस वर्षमुनि ९यू–१९० महिला क्रिकेट टोलीको कप्तानमा कृतिका मरासिनीलाई नियुक्त गरेको छ ।

क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै मरासिनीलाई कप्तानमा नियुक्त गरेको जानकारी दिएको हो । मलेसियामा आयोजना हुने आईसीसी यू–१९ महिला विश्वकप छनोटका लागि क्यानले उनलाई कप्तानमा चयन गरेको हो । यही जेठ २१ गतेदेखि सुरु हुने उक्त छनोटमा नेपाल, मलेसिया, संयुक्त अरब इमिरेट्स ९युएई०, थाइल्याण्ड, चीन, भुटान, म्यानमा र कतार सहभागी हुने छन ।

नेपालले उक्त छनोट प्रतियोगिताका लागि यसअघि मरासिनीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । टोलीका अन्य खेलाडीमा एलिसा यादव, रञ्जु श्रेष्ठ, अञ्जली विक, हिरान्मायी रोय, एलिसा खडिया, मनिषा उपाध्याय, स्नेहा महरा, किरण कुँवर, सोनु राजवंशी, टिका शाह, सृष्टि धामी, साविधी धामी, निसा साह, मनिषा राना मगर, प्रतिमा साह, ज्योतिनिस्का मरासिनी र मनिषा चौधरी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ