अन्तिम खेलमा नेपाल विजयी, युगान्डालाई ३-२ को शृङ्खला

अन्तिम खेलमा नेपाल विजयी, युगान्डालाई ३-२ को शृङ्खला

  • शनिबार, जेष्ठ ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, ७ जेठ । युगान्डाविरुद्ध कीर्तिपुरमा सम्पन्न ट्वान्टी २० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपालले ३३ रनको जित हासिल गरेको छ ।

नेपाल भ्रमणमा आएको युगान्डाले सुरुआती तीन खेलमा जित निकाल्दै पाँच खेलको शृङ्खला सुनिश्चित गरिसकेको थियो ।

घरेलु मैदानमा खेलको पहिलो शृङ्खलामा ३(० ले पछि परेको नेपालले पछिल्ला दुई खेलमा जित निकाल्दै ३(२ को सम्मानजनक नतिजा निकाल्यो ।

शनिबार भएको अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा १ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो ।

युगान्डाका लागि रिता मुसामालीले २६, यानेट एम्बाबाजीले १० तथा शाकिरा स्याडिकले अविजित १३ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् नेपालका लागि सीता राना मगर र इन्दु बर्माले २र२ तथा अस्मिना कर्माचार्य र हिरामान्यी रोयले १र१ विकेट लिए ।

यसअघि पहिलो इनिङमा नेपालका लागि ज्योति पाण्डेले ६१ बलमा तीन चौकासहित ४९ रन बनाएकी थिइन् । यस्तै सीताले १७, इन्दुले ८ तथा कविजता जोशीले अविजित १८ रन बनाउँदा अप्सरी बेगम ११ रन बनाएर आउट भइन् ।

युगान्डाका लागि कोन्ची अवेको र फियोना कुलुमेले १र१ विकेट लिएका थिए । नेपालले बाँकी चार विकेट रन आउटमा गुमाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी