गुमानसिंह अर्याल: प्रधानपञ्चदेखि मेयरसम्म

गुमानसिंह अर्याल: प्रधानपञ्चदेखि मेयरसम्म

  • शनिबार, जेष्ठ ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

कानुन व्यवसायमा ०३७ सालदेखि लागेका बेसीशहर नगरपालिकामा निर्वाचित मेयर गुमानसिंह अर्याल वरिष्ठ अधिवक्ता हुन्। बार इकाईका अध्यक्षसमेत भएका उनी एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य  र जिल्ला कमिटी लमजुङको २ कार्यकाल उपाध्यक्षमा बसेर काम गरेका छन् । ०४३ देखि हालसम्म भएका ५ वटा चुनावमा उनले विजय हासिल गरेका छन् ।

झन्डै ४ दशक जनप्रतिनिधि भएर काम गरेका ६५ वर्षीय अर्याल पाँच वर्ष जनप्रतिनिधि भएर पुनः मेयरमा निर्वाचित भएसँगै बेसीशहर नगरपालिकाको पदभार सम्हालेका छन् । पञ्चायतकालमा जनपक्षीय उम्मेदवार बनेका उनी ०४३ सालमा बेंसीसहर गाउँ पञ्चायतको प्रधानपञ्च बने । त्यतिबेलाका चर्चित व्यक्तित्वहरू रणबहादुर अधिकारी, गणेशबहादुर रावल, बमबहादुर अर्याल, केन्द्रबहादुर सिलवाल, कमलबहादुर पौडेललगायत ७ उम्मेदवारलाई हराउँदै उनी प्रधानपञ्च बनेका थिए । उनीसँगै जिल्लाभर ४ जना जनपक्षीय उम्मेदवारले चुनाव जितेका थिए ।

०४९ को स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले बालकृष्ण बराललाई गाविस अध्यक्षमा र अर्याललाई वडा नम्बर ८ को अध्यक्षको उम्मेदवार बनायो । नेपाली कांग्रेसका रणबहादुर अधिकारीसँग चुनाव लडेका बालकृष्ण बराल पराजित भए । भीमबहादुर कुँवरलाई पराजित गर्दै अर्याल वडाध्यक्षमा निर्वाचित भए । ०५४ मा भएको स्थानीय निर्वाचनमा एमालेले अर्याललाई फेरि बेंसीसहर गाविसको अध्यक्षमा उठायो । कांग्रेस उम्मेदवार बेंसीसहरका तिलकबहादुर पौडेललाई हराउँदै अर्याल गाविस अध्यक्षमा निर्वाचित भए ।

०७४ को निर्वाचनमा पनि अर्याल कांग्रेसका भेषबहादुर पौडेललाई हराउँदै नगर प्रमुख बने । ०७४ मा एमाले–माओवादी केन्द्र चुनावी एकताबाट बेंसीसहर नगर प्रमुखको उम्मेदवार बनेका थिए । यसपटक पनि एमालेका उम्मेदवार अर्याल गठबन्धनका उम्मेदवारलाई हराउँदै नगर प्रमुखमा निर्वाचित भएका छन् । उनले कांग्रेस उम्मेदवार श्रीकान्त घिमिरेलाई २ हजार ८ मतले हराएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी