शैक्षिक गुणस्तरका लागि सघाउन दातृ निकायलाई शिक्षामन्त्रीको आग्रह

शैक्षिक गुणस्तरका लागि सघाउन दातृ निकायलाई शिक्षामन्त्रीको आग्रह

  • शुक्रबार, जेष्ठ ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौँ, ६ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर र विद्यालयको भौतिक संरचना बनाउने सरकारको योजनामा सघाउन दातृ निकायका प्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

विकास साझेदारीका प्रतिनिधि एवं विज्ञहरुसँगको शुक्रबार आयोजित प्रि–बजेट समीक्षा बैठकमा मन्त्री पौडेलले विद्यालयमा सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट शैक्षिक प्रशासन एवं शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न लागिएकाले समयबद्ध रूपमा विद्यालय, शिक्षालय एवं उच्च शैक्षिक संस्थाको पूर्वाधार पूरा गर्ने योजनाका साथ अघि बढेको सुनाउनुभयो ।

“शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर र विद्यालयको भौतिक संरचना बनाउने योजनाका साथ अघि बढेका छौँ”, मन्त्री पौडेलले भन्नुभयो, “यी कार्यहरू पूरा गर्न आगामी तीन वर्ष लाग्न सक्छ । यसमा दातृ निकायले सहयोग गर्नुप¥यो ।”

मन्त्री पौडेलले प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकासको कार्यमा पहुँच र गुणस्तर बढाउन प्रत्येक स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालयको पहुँच विस्तार गर्न र सिकेको ज्ञान र सीपलाई रोजगारी र आर्यआर्जनसँग आबद्ध गर्ने गरी सिक्दै कमाउँदै कार्यक्रम परीक्षण रूपमा कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

मन्त्री पौडेलले बदलिँदो परिवेशअनुकूल शैक्षिक गुणस्तर सुधार हुने गरी विद्यालय शिक्षा सुधार योजना तयार गरिएको बताउनुभयो । विद्यार्थीको सिकाइ उपलब्धि बढाउने विषय र शिक्षक र अभिभावक बीचमा निरन्तर संवाद गर्ने विषयहरुसमेत सुधारको प्राथमिकताका क्षेत्रहरु रहेको बताउँदै उहाँले शिक्षकको पेसागत सहयोग र जवाफदेहिता कार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

बैठकमा विकास साझेदारीका प्रतिनिधिहरुले भूकम्पपछि विद्यालय पुनः निर्माण, शिक्षा र शिक्षण सिकाइ प्रक्रियाका लागि सहयोग गर्दै आइरहेको बताएका थिए ।

शिक्षामन्त्री र जापानका राजदूतबीच भेटवार्ता

यसैबीच मन्त्री पौडेल र नेपालका लागि जापानका राजदूत किकुता युताबीच भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा नेपालले विद्यालय शिक्षा क्षेत्रमा रूपान्तरणकारी विकास गर्न १० वर्षको विद्यालय शिक्षा योजना तर्जुमा गरिरहेको बताउँदै सहयोग गर्न मन्त्रीले आग्रह गर्नुभयो ।

जापान सरकारबाट नेपालको शैक्षिक विकासका लागि सहयोग प्राप्त हुने बताउँदै मन्त्री पौडेलले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी