एन्फा चुनावः पंकज समूहले आज उम्मेदवारी घोषणा गर्ने

एन्फा चुनावः पंकज समूहले आज उम्मेदवारी घोषणा गर्ने

  • शुक्रबार, जेष्ठ ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, ६ जेठ। अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ समूहले आज (शुक्रबार) उम्मेदवारी घोषणा गर्दैछन् ।

६ असारमा हुने चुनाबको लागि आजबाट उम्मेदवारी मिति सुरु भएको छ । एन्फा अध्यक्षका लागि पंकजले आफ्नो समूहको नेतृत्व गर्दै अध्यक्षमा उम्मेदवारी दिदैछन ।

यस्तै वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारी दिने तयारी गरेका छन् । ललितपुर स्थित होटेल हिमालयमा यस समूहले पत्रकार सम्मेलन गर्दै साढे १२ बजे उम्मेदवारी दिदैछ ।

आजनै वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालेसमेत उम्मेदवारी दिने भएका छन् ।

न्युज कारखानासँग अध्यक्ष शेर्पाले भने, ‘शुक्रबार अध्यक्ष पदका लागि उम्मेदवारी दिँदै छु । अन्य पदका लागि साथीहरुसँग सल्लाह भइरहेको छ ।’

यस अघि २०७४ जेठमा कर्मा पहिलो पटक एन्फा अध्यक्षको रुपमा निर्वाचित भएका थिए ।

तर यसपटक उनैलाई साथ दिएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ प्रतिद्वन्दीका रुपमा उत्रने तयारी गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ