एसियाली जुनियर टेनिस: प्रशंसालाई दुई रजत पदक

एसियाली जुनियर टेनिस: प्रशंसालाई दुई रजत पदक

  • सोमवार, जेष्ठ २, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, २ जेठ। प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यु–१४ टेनिस प्रतियोगिताको सर्किट–१ मा दुई रजत पदक जितेकी छिन् ।

कतारको दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा भएको फाइनलमा पराजित भएसँगै प्रतियोगितामा प्रशंसाले एकल र युगल तर्फ रजत जितेकी हुन् ।

प्रशंसा फाइनलमा रुसकी एलेक्जेन्ड्रासँग ६–३ र ६–१ ले पराजित भइन् । युगल तर्फ प्रशंसाको जाडी साफिया अल थानी थिइन् । सर्किट– २ सोमबारदेखि सुरु हुँदैछ ।

सर्किट–२ मा पनि प्रशंसा खेल्दैछिन् । प्रशंसा नेपालबाट सहभागी हुने एक्लो खेलाडी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ